fbpx

पुस्तक ‘एजुकेटिङ फर पिस थ्रु काउण्टरिङ भायोलेन्स’ सार्वजनिक

author

समाचारपाटी

१ year अगाडि

‘हिंसाको प्रतिरोधमार्फत शान्तिको लागि शिक्षा’ (एजुकेटिङ फर पिस थ्रु काउण्टरिङ भायोलेन्स) नामक पुस्तक सार्वजनिक भएको छ । 

पुस्तकमा हिंसाको प्रतिरोध गर्ने, शिक्षामा शान्ति र अहिंसा रणनीतिहरूको कार्यान्वयनको बारेमा जोड दिइएको छ । आईतवार ललितपुरमा एक कार्यक्रमबीच सार्वजनिक भएको पुस्तकमा अन्याय, भेदभाव र पूर्वाग्रह जस्ता द्वन्द्वहरू पहिचान कसरी गर्ने भन्नेबारेमा बताइएको छ । पुस्तक लोकार्पणपछि कुरा गर्दै अध्येता तथा राजनीतिक विश्लेषक विष्णुराज उप्रेतीले शिक्षाको माध्यमबाट हिंसालाई कसरी न्युनिकरण गर्ने र शान्तिलाई कसरी प्रवद्र्धन गर्ने भन्ने बारेमा लेखिएको पुस्तक भएको बताउनु भयो । उहाँले वभिन्न १० देशका प्रमाणहरुसहित सैद्धान्तिक, व्यवहारिक पक्षलाई समेटेर अन्तर्राष्ट्रिय रुपमा ल्याएको नयाँ खालको अभ्यासको यो पुस्तकबाट हिंसालाई न्युनिकरण गर्ने उपायबारे बताइएको बताउनु भयो । उहाँले पुस्तक महत्वपूर्ण भएपनि महंगो भएको र अंग्रेजी माध्यममा भएकाले सबैको पहुँचमा पुर्याउन केही मूल्य घटाइ नेपाली भाषामा निकाल्नुपर्ने बताउनु भयो । उहाँले शान्ति सम्बन्धी अनुसन्धान कर्ता, अभ्यासकर्ताहरुका लागि पुस्तक लाभदायी रहेको बताउनु भयो । उहाँले धर्म, संस्कृतिलाई शान्ति प्रवद्र्धनका माध्यमका रुपमा चित्रित गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो अन्तर्राष्ट्रिय अभियानमा खासगरी शिक्षाको माध्यमबाट हिंसालाई कसरी न्युनिकरण गर्ने र शान्तिलाई कसरी प्रवद्र्धन गर्ने भन्ने बारेमा विभिन्न १० देशका प्रमाणहरुसहित सैद्धान्तिक, व्यवहारिक सबै पक्षलाई समेटेर अन्तर्राष्ट्रिय रुपमा ल्याएको नयाँ खालको अभ्यास हो । रुप्लेज भन्ने संसारकै चर्चित पब्लिसिङ हाउस हो । त्यसले यस्ता विशेष खालका मुद्दाहरुमा काउन्टरिङ भायोलेन्स थ्रो द पिस एजुकेशन भन्ने विषय भयो, हिंसालाई शान्ति शिक्षाको माध्यमबाट काउन्टर गर्ने, यस्ता विषयहरु छानेर ल्याइराख्छन्, यस पटक यो शान्तिको बारेमा आयो । यसमा १० देशमा भएको विभिन्न प्रमाणहरुको बारेमा छ । यो अमेरिकन प्रोफेसर र नेपाली शान्तिको अनुसन्धानकर्ता दुई जना भएर लेखिएको कम्प्रिएन्सिभ खालको बुक छ । यसको समस्या के हो भने यो महंगो छ । अंग्रेजीमा सबैको पहुँच हुँदैन, तर यसलाई नेपालीमा ल्याउन सकियो भने, सस्तो मूल्यमा ल्याउन सकियो भने शान्ति सम्बन्धी अनुसन्धान कर्ता, अभ्यासकर्ताहरु सबैको लागि अत्यन्त महत्वपूर्ण छ । यसको राम्रा पक्ष धर्म, संस्कृति शान्ति प्रवद्र्धनका माध्यमका रुपमा व्याख्या गरिएको छ । बुद्ध धर्म नै यस्तो रुपमा व्याख्या गरिएको छ, जसले शान्ति प्रवद्र्धन गर्न सक्छ । धार्मिक आस्थाका कारणले शाीन्त स्थापना गर्न सकिन्छ भन्ने मान्यतालाई अघि बढाउन सकिन्छ । शिक्षाको माध्यमबाट यसलाई प्रवद्र्धन गर्न सकिन्छ भन्नेकुरा यसमा छन् । सबै महादेशहरुलाई पनि समेटेको छ ।’

त्यस्तै पुस्तकका सम्पादक राजकुमार ढुंगानाले ३१ जना लेखकहरुले लेखेका १४ वटा च्याप्टरहरु पुस्तकमा समावेश गरिएको बताउनु भयो । उहाँले परिचय र निस्कर्षसहित पुस्तकमा १६ वटा च्याप्टर रहेको बताउनु भयो । उहाँले निराश भइरहेको विश्वलाई कसरी शिक्षाको माध्यमबाट आशा जगाउने भन्नेकुरा पुस्तकमा रहेको बताउनु भयो । उहाँले शान्तिको लागि संसारमा मानिसहरुले काम गर्नेदेखि सफलताको कथाहरुलाई पुस्तकमा समेटिएको बताउनु भयो । विषयवस्तुको रुपमा आधारभुत जानकारी, दोस्रोमा व्यवहारिक सीप र तेस्रोमा अब कता जाने भन्नेकुरा पुस्तकमा समेटिएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘यसमा शुरुमा विश्वका ५४ वटा विश्वविद्यालयबाट विभिन्न खालका पत्रहरु यसमा च्याप्टरहरु राखिएको थियो । हामीलाई पठाउनुभएको थियो । अन्तिममा हामीले छान्दै छान्दै गएर ३१ जना लेखकहरुले लेखेका १४ वटा च्याप्टरहरु छन् । परिचय र कनक्लुजन गरी १६ वटा च्याप्टर छन् । कसरी शिक्षाको माध्यमबाट आशा जगाउन सकिन्छ, शान्तिप्रतिको आशा । मानिसहरु आम रुपवमा कोभिडको समयमा पनि हामीले लेख्दै गरेको हुनाले संसारमा व्यापक रुपमा निराशा छ । वातावरणीय प्रदुषण, वातावरणको विनाशको कुरादेखि संसारमा बढीरहेको हिंसाबाट मानिसमा निराशा फैलिएको छ, त्यसबाट कसरी आशा जगाउने भन्नेकुरा छ । अर्को शान्तिको लागि संसारमा मानिसहरुले काम गर्नेदेखि सफलताको कथाहरु छ । उनीहरुले के काम गर्दा कुन तरिकाले पढाउँदा शान्ति प्रवद्र्धन गर्न सकिन्छ भन्नेकुरा समेटिएको छ । पहिला विषयवस्तुको रुपमा आधारभुत जानकारी, दोस्रोमा व्यवहारिक सीप र तेस्रोमा अब कता जाने भन्ने छ ।’पुस्तकको मूल्य १३० अमेरिकी डलर रहेको छ भने अनलाइनमा ३५ डलर राखिएको छ । 


काठमाडौं

शनिबार, चैत्र १, २०८१

१६.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन