निजी क्षेत्रको मनोबल वृद्धि गर्न सरकारले चालेका कदमले आर्थिक गतिविधिमा सुधार आयोः अर्थमन्त्री

author

समाचारपाटी

१ year अगाडि

अर्थमन्त्री डा.प्रकाशशरण महतले बिग्रिएको अर्थतन्त्र आफूले सुधारेको दाबी गर्नुभएको छ । सोमवार गोदावरीमा जारी नेपाली काँग्रेसको महासमितिको बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्था विषयक प्रतिवेदन पेश गर्दै अर्थमन्त्री डा. महतले यस्तो दाबी गर्नुभएको हो । उहाँले सरकारमा चैतमा अर्थमन्त्री भएर अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपश्चात खुम्चिएको आर्थिक वृद्धि, स्रोतमा रहेको चापको अवस्था, असन्तुलन रहेको वाह्य क्षेत्रलगायतको सुधार गरेको जिकिर गर्नुभयो । अर्थमन्त्री महतले अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकुल अवस्थामा भएपनि कार्यभार सम्हालेको ११ महिनामा अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक बनाउन सफल भएको उल्लेख गर्नुभयो । अर्थमन्त्री डा. महतले पर्यटक आगमन, होटल र रेस्टुरेण्ट, निर्माण, उत्पादन, खुद्रा र होलसेल व्यापार समेत बढेको सभालाई जानकारी दिनुभयो । उहाँले नेपालमा रेमिट्यान्स उल्लेखनीय रूपमा बढेको, विद्युत उत्पादन र निर्यात बढेको, घरजग्गा र शेयर बजार कारोबार वृद्धि हुँदै गएको र सार्वजनिक खर्च बढ्दो क्रमा रहेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा सरकारको पूँजीगत खर्च वृद्धि हुने विश्वास रहेको बताउनु भयो । उहाँले आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सरकार प्रयत्नशील रहेको बताउनु भयो । उहाँले सरकारको बजेट प्रणाली र बजेट विनियोजन भन्दा बाहिर गई लगाइएका ठेक्का थुप्रिएको रहेका आयोजनालाई  रोक्ने काम गरेको बताउनु भयो । उहाँले चाहिने भन्दा ज्यादा खुकुलो र पछि चाहिने भन्दा कठोर मौद्रिक नीतिले आर्थिक क्रियाकलापको बिस्तारमा अवरोध खडा गरेको अवस्थामा आफूले राष्ट्र बैंक सँगको समन्वयमा मौद्रिक नीतिमा सहजता ल्याएको दाबी गर्नुभयो । उहाँले निजी क्षेत्रमा निराशा रहेकोमा अहिले निजी क्षेत्रको मनोबल उच्च बनाएको बताउनु भयो । अर्थमन्त्री डा. महतले समष्टिगत अर्थतन्त्रका अधिकांश परिसूचकमा सुधारसँगै अन्तर्राष्ट्रिय मुद्राकोषले गरेको प्रक्षेपणअनुसार सन् २०२५ मा ५.० प्रतिशत आर्थिक वृद्धि हुने अनुमान रहेको बताउनु भयो । उहाँले  वित्तीय प्रणालीमा लगानीयोग्य रकम उल्लेख्यरुपमा रहेको र  कर्जाको व्याजदर एकल अंकतर्फ झर्ने क्रममा रहेको बताउनु भयो । उहाँले मुलुकमा लगानी वृद्धि गर्न बजेटको माध्यमबाट लिइएका सुधारका प्रयास र निजि क्षेत्रको मनोबल वृद्धि गर्न चालिएका कदमको कारण आर्थिक गतिविधिमा सुधार आएको दाबी गर्नुभयो । उहाँले आर्थिक विकासकोलागि उत्पादन बढाउन निजी क्षेत्रलाई आर्थिक वृद्धिको वाहक शक्तिको रुपमा बिकास गरी सरकारले सेवा प्रवाह, नियमन  सुशासन र  साधनको सही वितरणमा केन्द्रित गरिने बताउनु भया । उहाँले  यिनै समष्टिगत मार्गचित्रभित्र रही आगामी वर्षको वार्षिक नीति तथा बजेट तर्जुमा प्रक्रियालाई अगाडी बढाइने प्रतिवद्धता जनाउनु भयो । 

उहाँले भन्नुभयो,‘मैले दलको तर्फबाट अर्थमन्त्रीको जिम्मेवारी प्राप्त गर्दा नेपालको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको थियो । सरकारको बजेट प्रणाली र बजेट विनियोजन भन्दा बाहिर गई लगाइएका ठेक्का थुप्रिएको अवस्था रहेको थियो । यसले बजेट अनुशासनलाई चुनौति दिई रहेको अवस्था थियो । वाह्य क्षेत्र सन्तुलनको नाममा पहिले चाहिने भन्दा ज्यादा खुकुलो र पछि चाहिने भन्दा कठोर मौद्रिक नीतिले आर्थिक क्रियाकलापको बिस्तारमा अवरोध खडा भइरहेको अवस्था थियो । राजश्व वृद्धि नकारात्मक रहेको र खर्चको माग उच्च रहेको अवस्था थियो । निजी क्षेत्रमा निराशा रहेको थियो। हाल आर्थिक वृद्धिले गति लिँदैछ। समष्टिगत अर्थतन्त्रका अधिकांश परिसूचकमा सुधार आएको छ । हालै अन्तर्राष्ट्रिय मुद्राकोषले गरेको प्रक्षेपणअनुसार सन् २०२५ मा ५.० प्रतिशत आर्थिक वृद्धि हुने अनुमान छ । १.८६ प्रतिशतको आर्थिक वृद्धिको अवस्थाबाट सो सुधार एउटा उपलब्धि उन्मुख संकेत हो । वित्तीय प्रणालीमा लगानीयोग्य रकम उल्लेख्यरुपमा रहेको छ । कर्जाको व्याजदर एकल अंकतर्फ झर्ने क्रममा रहेको छ । यसले आर्थिक वृद्धिको लागि निजी क्षेत्रमा प्रवाह हुने साधन पर्याप्त रहेको संकेत गर्दछ । लगानी वृद्धि गर्न बजेटको माध्यमबाट लिइएका सुधारका प्रयास र निजी क्षेत्रको मनोबल वृद्धि गर्न चालिएका कदमको कारण आर्थिक गतिविधिमा सुधार आएको छ । अर्थ मन्त्रालयको नेतृत्व गरेदेखि धेरै महत्वपूर्ण सुधारका काम भएका छन् । चालु खर्च नियन्त्रण गर्न र पूँजीगत खर्चको  प्रभावकारिता बढाउन स्रोत साधन छर्ने प्रवृत्ति रोक्न आयोजना वर्गीकरणका आधार र मापदण्ड निर्धारण गरिएको छ । आर्थिक विकासकोलागि उत्पादन बढाउन निजी क्षेत्रलाई आर्थिक वृद्धिको वाहक शक्तिको रुपमा बिकास गरी सरकारले सेवा प्रवाह, नियमन  सुशासन र  साधनको सहि वितरणमा केन्द्रित गरिनेछ । यिनै समष्टिगत मार्गचित्रभित्र रही आगामी वर्षको बार्षिक नीति तथा बजेट तर्जुमा प्रक्रियालाई अगाडी बढाइनेछ ।’

उहाँले सार्वजनिक खर्च व्यवस्थापनमा थप गम्भीर खालका चुनौतिहरु रहेको बताउनु भयो । उहाँले बजेट सुनिश्चित नहुँदै ठेक्का लगाउने प्रवृतिले थप समस्या सिर्जना गरेको उल्लेख गर्नुभयो । अर्थमन्त्री महतले वैदेशिक सहायताको उपयोग क्षमता कमजोर रहेको बताउनु भयो । उहाँले सार्वजनिक ऋण व्यवस्थापनमा चुनौति कायमै रहेको बताउनु भयो।  

उहाँले मुलुकको अर्थतन्त्रलाई सुधार गर्न उत्पादन र रोजगारी सिर्जना गर्ने क्रियाकलापमा वित्तीय साधनको परिचालन गरिने जानकारी दिनुभयो । उहाँले नेपालमा सम्भावनाको रुपमा पहिचान गरिएका जलविद्युत, पर्यटन, कृषि व्यवसाय र सूचना प्रविधि उद्योगमा आन्तरिक र वाह्य लगानी परिचालन गर्ने बताउनु भयो । उहाँले निजी क्षेत्रलाई उत्पादन, उत्पादकत्व र आर्थिक वृद्धिको संवाहकको रुपमा विकास गरी यस क्षेत्रको नेतृत्वदायी भुमिकालाई प्रोत्साहन गर्ने बताउनु भयो। उहाँले खर्च प्रणालीको प्रभावकारिता बढाउन आयोजना र कार्यक्रमको प्राथमिकीकरणमा जोड दिनुका साथै उत्पादनशील क्षेत्र र आर्थिक–सामाजिक पूर्वाधारमा लगानी उल्लेख गर्नुभयो । उहाँले सामाजिक सुरक्षा खर्चलाई लक्षित वर्गमा प्राथमिकताको आधारमा व्यवस्थित गरिने पनि बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, असार ४, २०८२

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपाका कारण संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था...

संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः...

संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष...

सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः राजेन्द्र लिङदेन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन