fbpx

२०३५ भित्रै २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्छौंः मन्त्री दीपक खड्का

author

समाचारपाटी

३ हप्ता अगाडि

उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमन्त्री दीपक खड्काले २०३५ भित्र उर्जा क्षेत्रलाई चलायमान बनाइ २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएको बताउनुभएको छ ।


शुक्रवार काठमाडौंमा आयोजित दाना खोला हाइड्रोपावर योजनाको वित्तीय व्यवस्थापन हस्ताक्षर समोरोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले हालै मन्त्रीपरिषद् बैठकबाट २८ हजार ५ सयको लक्ष्य १० वर्षमा पु¥याइसक्ने भनेर लिएको बताउनु भयो । सरकारले निश्चित लक्ष्य र उद्देश्य लिएको भन्दै मन्त्री खड्काले अब कुनैपनि विकास निर्माणका काममा समय नलाग्ने बताउनु भयो । उहाँले विद्युत उत्पादनका लागि पनि सबै इन्फा स्ट्रक्चर बनिसकेकाले धेरै समय नलाग्ने उहाँको दाबी छ । अध्ययन भएका योजनाहरु अब थन्किएर बस्न नपाउने भन्दै सरकारले आवश्यक काम थालिसकेको बताउनु भयो । उहाँले अहिलेको सरकार मजबुत सरकार भएकाले निजी क्षेत्रलाई उर्जा क्षेत्रमा लगानी गर्त उत्साहित बनाउने गरी काम गर्ने प्रतिवद्धता जनाउनु भयो । 

उहाँले भन्नुभयो, ‘२०३५ भित्र उर्जा क्षेत्रलाई चलायमान बनाएर २८ हजार ५ सय पु¥याउने भनेका छौँ । अहिले हामीसँग जम्मा ३५ सयको हाराहारीमा छ । अब २५ सय मेगावाट विद्युत अबका १० वर्षमा बनाउनुपर्ने छ । त्यसकारणले पनि हिजो भन्दा आज फरक छ । सरकारले निश्चित लक्ष्य र उद्देश्य लिएको छ । अर्को फरक के छ भने भर्खरै इप्पानका अध्यक्षज्युले भन्नुभयो, धेरै वर्ष लाग्छ । होइन । अब लाग्दैन । किन लाग्दैन भने इन्फा स्ट्रक्चर तयार भइसकेको छ । सब खोलानाला पहाडमै छन्, उत्पादन पहाडमै हुने हो । तर इन्फास्ट्रक्चरका हिसावले, सञ्चार, यातायातका हिसावले त्यहाँ धेरै समय लाग्दैन, त्यसकारण उत्पादन गर्न छिटो हुन्छ । त्यसकारणले फरक छ । थुप्रै आयोजनाहरु थन्किएर बसेको अवस्था छ । अध्ययन भएका छन्, कहीँ लगानीका दृष्टिकोणले नाफा हुँदैन, अर्थात फाइनान्सियल दृष्टिकोणले भायबल छैन भनेर थन्किएका छन्, कहीँ सरकारसँग श्रोत छैन भनेर थन्किएका छन् । कहीँ बैंकहरुले लगानी गर्दैनन् भनेर थन्किएको अवस्था छ । अब यसरी आयोजनाहरु थन्किएर बस्न पाउँदैनन् र बस्दैनन् । त्यसकारणले यो मजबुत सरकार हो । निजी क्षेत्रलाई पनि यसमा लगानी गर्न उत्साहित गरिन्छ भनेपनि हुन्छ, बाध्यकारी बनाइन्छ भनेपनि हुन्छ ।’ 


मन्त्री खड्काले अब समयमै काम गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले बैंकहरुले लगाउने सिलिङमा पनि परिवर्तन गर्नुपर्ने बताउनु भयो । देशभित्रका लगानीकर्ताहरुलाई पहिलो प्राथमिकतामा राखेर विद्युत उत्पादनमा जोड दिने बताउनु भयो ।

–न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, माघ ९, २०८१

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन