fbpx

प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको तलव भूकम्प पीडितलाई दिने सरकारको निर्णय

author

समाचारपाटी

१ year अगाडि


सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको तलव जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई दिने निर्णय गरेको छ ।

बिहीवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभएको हो । उहाँले इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर बुढीगण्डकी जलविद्युत आयोजनाका लागि उपलब्ध गराउने व्यवस्था गर्ने निर्णय गरेको बताउनु भयो । मन्त्री शर्माले नेपाल सरकारले नेपाल विद्युत प्राधिकरणमार्फत कर्णाली चिसापानी जलविद्युत आयोजनाको अध्ययन अघि बढाउने पनि बताउनु भयो । सरकारले मोरङको विराटनगर, काठमाडौंको मुलपानी र चितवनको भरतपुर क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरव आयोजनाको रुपमा अघि बढाउन व्यवस्था मिलाउने निर्णय गरेको छ । त्यस्तै, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो । उहाँले पोर्चुगलमा नेपाली राजदुतावास स्थापना गरी शनिल नेपाललाई राजदुत नियुक्त सरकारले निर्णय गरेको जानकारी दिनुभयो। उहाँले मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘प्रधानमन्त्री लगायत सबै मन्त्रीहरुले भूकम्प पीडितका लागि एक महिनाको पारिश्रमिक दिने निर्णय गरेको छ । विकास निर्माणको सन्दर्भमा इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर कालिगण्डकी जलविद्युत आयोजनाको लागि उपलब्ध गराउने व्यवस्था गर्ने र यसबाट कालिगण्डकी जलविद्युत आयोजनाको काम तदारुपताका साथ अगाडि बढ्नेछ । सरकारले नेपाल विद्युत प्राधिकरण मार्फत कर्णाली–चिसापानी जलविद्युत आयोजनाको अगाडि बढाउने निर्णय भएको छ । अध्ययन प्रक्रिया अगाडि बढेपछि निर्माण प्रक्रिया शुरु हुने छ । मोरङको विराटनगर,काठमाडौंको मुलपानी,चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाउने निर्णय भएको छ । क्रिकेटमा खेलाडीहरुले राम्रो प्रदर्शन गर्नुभएको विषयमा पनि छलफल भयो । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको लामो समयदेखि अवरुद्ध रहेको थियो । त्यसको विज्ञ समूहले दिएको प्रतिवेदन कार्यान्वयनको लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ । पोर्चुगलमा नेपाली राजदुतावास स्थापना गरी शनिल नेपाललाई राजदुत नियुक्त गर्ने निर्णय भएको छ । विद्यायमन समितिमा गएकोसामाजिक सञ्जाल सञ्चालन सम्बन्धि निर्देशिका २०८० मन्त्री परिषद्बाट स्वीकृत भएको छ । राष्ट्रिय व्यवसायीकता सिप विकास तालिम प्रतिष्ठान तथा सञ्चालन, २०८० परिमार्जनसहित राष्ट्रिय व्यवसायीकता शिप विकास तालिम प्रतिष्ठान गठन आदेश स्वीकृत गर्ने निर्णय भएको छ ।’

मन्त्री शर्माले मन्त्रिपरिषद विधेयक समितिकबाट पेश भएको राष्ट्रिय व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठान (गठन तथा सञ्चालन) आदेश, २०८० परिमार्जनसहित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०८० स्वीकृत गरेको उल्लेख गर्नुभयो ।


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२६.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...