नेपाली समूह साउदी अरेबियाबाट जाजरकोटका भूकम्पपीडितलाई सहयोग

author

समाचारपाटी

२ years अगाडि

साउदी । जाजरकोटका भूकम्प प्रभावितलाई रियादमा रहेको उपकारी नेपाली समूह साउदी अरेबियाले राहतस्वरूप ब्ल्यांकेट प्रदान गरेको छ। उक्त समूहले ३ लाख ४४ हजार रुपैयाँ बराबरका ब्ल्यांकेट वितरण गरेको हो।

जाजरकोट जिल्लाको कुशे गाउँपालिका– ५ दमदालाका स्थानीयलाई न्यानो लुगासहित १ सय ४१ वटा ब्ल्यांकेट वितरण गरेको हो। विदेशमा बसेका नेपालीले चिसोमा पीडितहरूलाई राहत पुगोस् भन्ने उद्देश्यले ब्ल्यांकेट वितरण गरिएको उपकारी नेपाली समूह साउदीका अध्यक्ष खेमराज भट्टले बताउनुभयाे।

उक्त सहयोग अभियानमा पारिवारिक समाज साउदी अरबले ५२ हजार, कास्की आदर्श सेवा समाजले ५२ हजार, सुदूरपश्चिमेली नेपाली समाजले ४० हजार तथा उपकारी नेपाली समूहले २ लाख रुपैयाँ सहयोग गरेका थिए। उक्त रकमबाट ब्ल्यांकेट किनेर डँडेलधुराकी गीता भट्टको समन्वयमा वितरण गरिएको हो।

त्यस्तै, साउदीमा रहेको नेपाली साझा मञ्चले समेत जाजरकोट भूकम्प प्रभावित क्षेत्र कुशे नानघाटका जनताका लागि राहतस्वरूप ४२ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको थियो।


काठमाडौं

शनिबार, साउन ४, २०८२

३१.७७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस कास्की नेपाल २०२५ को भव्य ग्राण्ड फिनाले भोलि...

”को कवि ”

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन