fbpx

चीनमा गएको भूकम्पका कारण नेपालका केही पहाडी जिल्लामा क्षति

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाडौं I चीनको तिब्बतमा मङ्लबार बिहान ६ः५० बजे गएको भूकम्पले नेपालका पूर्वी पहाडी जिल्लामा केही घरमा क्षति पुर्याएको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार, भूकम्पका कारण सोलुखुम्बु, संखुवासभा, ओखलढुङ्गा र ताप्लेजुङ जिल्लामा केही घरहरुमा क्षति पुगेको हो।

प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालका अनुसार, ओखलढुङ्गाको चिसांखुुगढी ५ का इन्द्रबहादुर परियारको घरमा पूर्ण क्षति भएको छ भने सिद्धिचरण नगरपालिका-२ का हिमाल कार्की र खानीगाउँका चन्द्रबहादुर पुलामीको घरमा आंशिक क्षति पुगेको छ। सोलुखुम्बु जिल्लामा पनि तीन वटा घरमा क्षति पुगेको छ, जसमा खम्बुपासङ लाम्यु गाउँपालिका-५ का डिमा शर्माको घरमा पूर्ण क्षति रहेको छ।

ताप्लेजुङ जिल्लामा इलाका प्रहरी कार्यालय दोभानको कार्यालय प्रमुखको घरमा आंशिक क्षति पुगेको छ भने संखुवासभाको भोटखोला-१ किमाथांकाका तेन्छेदी शेर्पाको घर भत्किएको छ।

भूकम्पका कारण चीनको तिब्बतमा ५३ जनाको मृत्यु भएको पुष्टि भएको छ। भूकम्पको धक्का नेपालमा बिहानै ६ः५० बजे महसुस गरिएको थियो र त्यसपछि प्रहरीको १४ वटै जिल्लाको युनिटलाई परिचालन गरिएको छ।

प्रहरीले प्रभावित क्षेत्रहरूमा आपतकालीन राहत कार्यलाई प्राथमिकता दिइरहेको छ।


काठमाडौं

शनिबार, माघ १२, २०८१

९.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन