काठमाडौं । नेपाली कांग्रेसले भूकम्प प्रभावितका एक हजार घर बनाउन दक्ष जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ ।सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार विहान बसेको बैठकले एक हजार घर बनाउन दक्ष जनशक्तिको टोली परिचालन गर्ने निर्णय गरेको हो ।
प्रभावित क्षेत्रमा भिडभाड नहुने गरी दक्ष जनशक्ति सहितको टोली पठाउने महामन्त्री गगन थापाले जानकारी दिनुभयाे । त्यसका लागि केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा पहिलो टोली सोमबार नै भूकम्प प्रभावित क्षेत्रमा गएको छ । पदाधिकारी बैठकको सुरुमा उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले भूकम्प प्रभावितका लागि सरकारले हालसम्म गरेका कार्यको ब्रिफिङ गरेका थिए । महामन्त्रीको संयोजकत्वमा बनेको समितिले गरेका कामको महामन्त्री थापाले जानकारी गराउनुभएकाे थियाे ।
सरकारले अनुदान रकम दिएपनि अस्थायी टहरा बनाउन जनशक्तिको अभाव हुन सक्ने भएकाले यस विषयमा छलफल गरेको महामन्त्री थापाले जानकारी दिनुभयाे ।