तीन नेपाली बने ई–स्पोर्ट्सका रेफ्री

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेपालका तीन जना ई-स्पोर्ट्सको रेफ्री बनेका छन् । इन्टरनेसनल ई–स्पोर्ट्स फेडेरेसन (आईईएसएफ) ले वर्ल्ड ई–स्पोर्ट्स समिट २०२३ को अवसरमा दक्षिण कोरियाको बुसानमा हालै आयोजित वर्ल्ड ई–स्पोर्ट्स रेफ्री एकेडेमी २०२३ मा नेपालका तीन जना प्रतिनिधिले सफलता हासिल गर्दै रेफ्री लाइसेन्स हात पारेका छन् ।

आईईएसएफद्वारा भौतिक उपस्थितिमा पहिलोपल्ट आयोजित कार्यक्रममार्फत् रेफ्री लाइसेन्समा दुई दिने कक्षापछि भएको परीक्षामा नुवाकोटका क्षितिज श्रेष्ठ, अरुण मिश्र र सौजन्य श्रेष्ठले सफलता हासिल गर्दै रेफ्री लाइसेन्स हात पारेका हुन् ।

आईईएसएफको रेफ्री कोर्स उत्तीर्ण गर्ने उनीहरू पहिला नेपाली हुन् । अब उनीहरूले आईईएसएफ रेफ्री टायर २ को हैसियतमा ई–स्पोर्ट्सका प्रतियोगिता सञ्चालन गर्न पाउने छन् ।

उनीहरू नेपाल ई–स्पोर्ट्स एसोसिएसन (नेसा) को सिफारिसमा वर्ल्ड ई–स्पोर्ट्स रेफ्री एकेडेमी २०२३ मा सहभागि भएका थिए । अमेरिकाका जेम्स उड र पिटर स्टेन्सनी, कोरियाका ली सुङ वन तथा अर्जेन्टिनाका निकोलस क्रेस्पोले प्रशिक्षण दिएको वर्ल्ड ई(स्पोर्ट्स रेफ्री एकेडेमी २०२३ मा सात देशका २४ जना सहभागि भएका थिए ।

मोटर स्पोर्ट्सका मार्सलसमेत रहेका क्षितिज बुद्धिचाल (चेस) का आर्बिटर (निर्णायक) पनि हुन् । अरुण र सौजन्य १९ औं एसियाली खेलकुद २०२३ मा ई–स्पोर्ट्सअन्तर्गत ड्रिम थ्री किङडम २ को नेपाली टिमका खेलाडी हुन् ।

onlinekhabar


काठमाडौं

बिहिबार, साउन २, २०८२

२१.८९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन