fbpx

एमाले का केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई पार्टीबाट किन निष्कासन गरियो त ?

author

समाचारपाटी

२ years अगाडि

झापा । नेकपा एमाले प्रदेश १ कमिटीले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई पार्टीबाट निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ।

एमाले प्रदेश कमिटी बैठकले मेडिकल व्यवसायीसमेत रहेका प्रसाईँले पार्टीको नीति, सिद्धान्तविपरीत गतिविधि गरेको भन्दै उहाँलाई पार्टीबाट निकालेर कारबाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो ।

एमाले केन्द्रीय सदस्य प्रसाईँले यही फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाह तथा उहाँका छोरा पारसलाई सहभागी गराई मेचीनगर ६ मा ‘नागरिक बचाउ महाअभियानको उद्घाटन गराउनुभएको थियो ।

कार्यक्रममा पूर्वराजासँगै पूर्वरानी कोमल शाह, पूर्वराजकुमार पारस, पूर्वराजकुमारी शिताष्म शाह सहभागी हसनुभएको थियो। पार्टीलाई कुनै खबर नै नगरी राजावादी तथा हिन्दु अतिवादीहरूसँग मिलेर कार्यक्रम गरेको भन्दै उहाँको आलोचना हुदैँ आएको थियो ।

दुर्गा प्रसाईँको पछिल्लो समय पार्टीको नीति र सिद्धान्तविपरीत, संविधानविरोधी र राजतन्त्रको वकालतमा प्रस्तुत हुन थालेपछि कारबाहीसहितको राय केन्द्रीय कमिटीलाई सिफारिस गरिएको एमाले प्रदेश १ कमिटीका इन्चार्ज राजेन्द्र गौतमले जानकारी दिनुभयो ।


काठमाडौं

बिहिबार, माघ २४, २०८१

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन