काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।
व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानले काठमाडौंको नयाँ वानेश्वर संघीय संसद् भवन अगाडि मा प्रदर्शन गर्न लागेको हो ।
पूर्व राजा ज्ञानेन्द्र शाहलाई उपस्थित गराई झापाबाट सुरु भएको अभियानले बुटवल हुँदै देशका विभिन्न सहरमा प्रदर्शन गरिसकेको छ ।
सो महाअभियानले आर्थिक अन्याय र बेथितिविरुद्ध काठमाडौंमा पनि प्रदर्शन गर्न लागेको प्रसाईँले जानकारी दिएका छन् ।
नेपाललाई हिन्दुराष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, बैंकको ब्याजदर घटाउनु पर्ने, २० लाखसम्मको ऋण मिनाहा गर्नुपर्ने लगायतका १३ बुँदे माग महाअभियानको छ ।