पाेखरा । जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१७ छोरेपाटन स्थित लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराले लागू औषध सहित १ जना युवकलाई पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले स्याङजाबाट पोखरातर्फ आउँदै गरेको बसमा चेकजाँच गर्दा स्याङ्जा आँधिखोला गाउँपालिका वडा नं २ मडुवा बस्ने ३३ वर्षका सुभास दर्जीलाई झोलामा लुकाई छिपाई
ल्याएको लागू औषधसहित पक्राउ गरेकाे हाे ।
स्याङजाबाट पोखरातर्फ आउँदै गरेको बसमा सवार सुभास दर्जीलाई शंका लागि चेकजाँच गर्दा दर्जीले पछाडी बोक्ने झोलामा लुकाई छिपाई ल्याएको लागू औषध डाईजापाम ९९ एम्पुल, फेनेरागन ९५ एम्पुल र नुर्फिन ९८ एम्पुल गरी जम्मा २९२ एम्पुल लागू औषध सहित फेलापारेको हुँदा दर्जीलाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा पन्ध्र दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।