ट्राफिक नियम उल्लघंन गर्ने ८६ जनाको लाइसेन्स निलम्बनका लागि यातायात विभागमा सिफारिस

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी सञ्चालनमा पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लघंन गर्ने ८६ जनाको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको छ।

सवारी चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पटक–पटक उल्लघंन गरेकाले नियमको कडाइका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुमतिपत्र निलम्बनको सिफारिस गरेको हो। 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता राजेन्द्रप्रसाद भट्टले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पाँच पटकभन्दा बढी उल्लघंन गरेको पाइएकाले सोही ऐनको दफा ६० बमोजिमको कसुर अन्र्तगत लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको जानकारी दिनुभयाे। 

उहाँका अनुसार पाँच पटकभन्दा बढी नियम उल्लघंन गर्नेको लाइसेन्स निलम्बन हुन्छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार निलम्बनका लागि पठाइएका सवारी चालक अनुमतिपत्रमध्ये एक जना २९ पटक, एक जना २६ पटक, एक जना २४ पटक, एक जना २३ पटक, दुई जना १८ पटक, एक जना १७ पटक, दुई जना १६ पटक, दुई जना १५ पटक कारबाहीमा परेका छन्।

यसैगरी दुई जना १३ पटक, तीन जना १४ पटक, चार जना १२ पटक, सात जना १० पटक, आठ जना ११ पटक, नौ जना नौ पटक, ११ जना आठ पटक, १३ जना छ पटक र १८ जना सात पटक ट्राफिक प्रहरीको कारबाहीमा परेका बताइएको छ। 

ट्राफिक नियम उल्लघंन गरिरहने चालकबाट नै धेरैजसो सवारी दुर्घटना हुने गरेकाले नियम पालना गर्दै सुरक्षित यात्राको होस् भन्ने उद्देश्यले लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

annapurnapost


काठमाडौं

शुक्रबार, बैशाख ५, २०८२

२५.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्ने धृष्टता...

प्रधानमन्त्री ओलीद्वारा थाई व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

अरुणा लामा र तारादेवीलाई ट्रिब्यूट दिदै पोखरामा गुञ्जियो कालजयी...