कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका–५ धनडामा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
दुर्घटनामा घाइते भएका चालक दैलेखको चामुण्डा बिन्द्रासैन नगरपालिका–७ का २८ वर्षका छविप्रसाद चौलागाईँको उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
दुर्घटनामा त्यही ठाउँका १८ वर्षका सहचालक दिनेश शाही घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।
कर्णाली प्रदेश ०२–००१ ख ०३५६ को ट्रक दुर्घटना भएको प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी सुवराज बमले जानकारी दिनुभयो ।