fbpx

केदार नाथ पौडेलद्धारा लिखित नाटक आतुरकालको फस्ट लुक्स सार्वजनिक

author

समाचारपाटी

२ years अगाडि

पोखरा । इन्द्रेणी थिएटरको प्रस्तुति र केदार नाथ पौडेलद्धारा लिखित नाटक आतुरकालको फस्ट लुक्स सार्वजनिक भएको छ । नाटकको निर्देशन कपिल शर्माले गर्नुभएको छ । आतुरकालको पोष्टर सार्वजनिक गर्दै निर्देशक कपिल शर्माले फरक फरक अनुभूति गर्ने रहरले यो बनेको बताउदैं विशेषगरि नेपाली समाजको जरैसम्म पुगेर नाटक लेख्न सिपालु केदार नाथ पौडेलको यो अर्को उदाहरण भएको जनाउनुभयो ।

विशेषतस् गण्डक क्षेत्रलाई केन्द्र बनाएर लेखिएको नाटक हो ‘आतुरकाल’ र यसलाई निर्देशन गर्ने जिम्मा पनि मेरै हातमा परेको र यसलाई कति न्याय गर्न सकें त्यो दर्शकले मूल्याङ्कन गर्नुहुनेमा विश्वस्त रहेको बताउनुभयो । शर्माले केदार नाथ पौडेल पछिल्लो पुस्ताका चर्चित नाटककार हुनुहुन्छ । उहाँको पहिलो चर्चित नाटक घेरो र धनिरामको गोरु मैले नै निर्देशन गर्ने मौका पाएकाे जनाउदै पोखरेली दर्शकले माया गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।

शर्माले नेपाल र नेपाली समाज भित्र भिन्नभिन्न रितिरिवाज, धर्म, संस्कार, संस्कृति, चालचलन र आ९आफ्नै सभ्यताहरू छन् । एउटा मान्छे जन्मेपछि उसले मृत्युवरण गर्ने बेलासम्म अनेकन अप्ठ्यारा परिस्थितिहरूको सामना गर्नुपर्ने आफ्ना संस्कार, चालचलनले कसरी पिरोल्ने एउटा सन्तान, एउटा बाबु र एउटी आमाले आफ्नो कर्तव्य निर्वाह गर्नका लागि कयौं त्याग गर्नुपर्ने समग्र रूपमा भन्नुपर्दा ‘आतुरकाल’ एउटा मान्छेको जीवन चक्र भएको बताउनुभयो ।

लेखक केदारनाथ पौडेलले नाटक लेख्दा थुप्रै पटक म भावविह्वल भएको र देशमा परिवर्तनका नारा थुप्रै पटक घन्किए पनि थुप्रै व्यवस्था बदलिए तर आत्मा र शरिरले सुखको अनुभुती गर्न नपाएको बताउँदै जीवन ठक्करै ठक्करको मरुभूमि बन्न पुगेकोहरुका पिडा, दुख र सङ्घर्षको पहाड ‘आतुरकाल’ जनाउनुभयो ।

कलाकार राजेन्द्र अधिकारीले नाटक धनिरामको गोरुको रिहर्शल गर्दै गर्दा एकदिन केदार भाइ नयाँ नाटक लिएर आउनुभयो र नाटक सर्सर्ति अध्ययन गर्दै आँखा रसाएको बताउनुभयो । उहाँले धनिरामको गोरुको अन्तिम चरणमा पुग्दै गर्दा त्यसलाई बीचैमा थाँति राखेर नाटक ‘आतुरकाल’ गर्ने निर्णय गरेको जानकारी दिदै आँफु एक रुखो मान्छे भएको तर आतुरकालको रिहर्शलमा म आफै धेरैपटक भावविहल भएको बताउनुभयो । अधिकारीले कलाकारको हैसियतले यो नाटक प्रति कत्तिको न्याय गर्न सके त्यो पछि दर्शकको हातमा छोडेको बताउदै नाटक चुनौतिपुर्ण रहेको कन्टेन्टको हिसाबले यो नाटकले पक्कै पनि दर्शकहरुको मन छुने विश्वास व्यक्त गर्नुभयो ।

नाटक फागुन ५ देखि ११ गतेसम्म पोखरा थिएटरमा प्रस्तुत हुने इन्द्रेणी थिएटरका व्यवस्थापक दिपेन्द्र पौडेलले जानकारी दिनुभयो । नाटकको सह निर्देशक लक्ष्मण डुम्रे हुनुहुन्छ भने कलाकारमा राजेन्द्र अधिकारी, प्राञ्जल, ज्योती हमाल, रिमा शाही ठकुरी, उत्तमजङ्ग राणा, शिवहरी अर्याल र बिनोद पौडेल रहेका छन् ।


काठमाडौं

बुधबार, चैत्र ५, २०८१

१३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

पुल्चोक क्याम्पसमा २ हजार ९७९ मत खस्यो

झडप भएपछि पाटन संयुक्त क्याम्पसको चुनाव स्थगित

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन