उद्योग–व्यवसायीलाई पूर्वअर्थमन्त्रीको आश्वासनः राज्यले तर्साउने, धम्क्याउने र असुल गर्ने काम गर्दैन

author

समाचारपाटी

१ महिना अगाडि

पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले सरकारले सबै उद्यमी व्यवसायीलाई समान रुपले कारोबार र प्रतिष्पर्धा गर्ने मौका दिने बताउनुभएको छ ।


शुक्रवार काठमाडौंमा आयोजित नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले  यस्तो बताउनुभएको हो । उहाँले सरकारले कुनै निश्चित उद्योगी व्यवसायीको पक्षमा नीति निर्माण नगर्ने बताउनु भयो । उहाँले अर्थतन्त्रमा देखिएका कानूनी जटिलतालाई समाधान गर्न सरकार लागि परेको बताउनु भयो । उहाँले विगतमा अर्थतन्त्रमा देखिएका विभिन्न विकृतिका कारण समस्या उत्पन्न भएको बताउँदै सरकारले लिएको लक्ष्यमा पुग्न नसकिएको बताउनु भयो । उहाँले सरकारले राज्यका कुनैपनि निकायमार्फत तर्साउने, धम्क्याउने वा असुली गर्ने काम नगर्ने भन्दै उद्योग व्यवसायीलाई आश्वस्त पार्नुभयो । 
उहाँले भन्नुभयो, ‘खास गरी अहिले हाम्रो अर्थतन्त्रमा अघि उद्योग मन्त्रीले पनि भन्नुभयो, केही कानूनी जटिलताहरु छन् । त्यसलाई हामीले सल्ट्याउँदै छौँ । हिजोका अर्थतन्त्रका केही विकृतिहरुलाई हामीले समाधान गर्दै जानुपर्नेछ । जुन उत्साह हामीले अपेक्षा गरेका छौँ त्यो रुपमा अझै पुग्या छैनौँ कि भन्ने हामीलाई पनि लागेको छ । तर एउटा दुई वटा कुरामा तपाईहरु निश्चिन्त हुनुहोस् । पहिलो कुरा राज्यले सरकारले कुनै निश्चित व्यवसायीको पक्षमा मात्रै कुनै नीति निर्माण गर्दैन । त्यस्ता व्यवसायको पक्षमा मात्रै कुनै निर्णय गर्दैन । र राज्य निजी क्षेत्रमैत्री हुनका लागि सबै व्यवसायीलाई समान कारोबार गर्ने प्रतिस्पर्धा गर्ने मौका दिन्छ  भन्ने कुरामा यो सरकार तपाईहरु आश्वस्त हुनुहोस् । दोस्रो कुरा तपाईहरुले गल्ती नगरुन्जेल राज्यले थुन्ने छेक्ने दुरुत्साहित गर्ने काम गर्दैन । चाहे त्यो राजश्व अनुसन्धानको माध्यमबाट होस् चाहे सम्पती शुद्धिकरणको माध्यमबाट होस्, अख्तियारको माध्यमबाट होेस् वा अरु कुनै माध्यमबाट होस् । राज्यले राम्रो व्यवसाय गर्नेलाई तर्साउने धम्क्याउने र असुली गर्ने काम गर्दैन भन्ने कुरामा तपाईहरु ढुक्क हुनुहोस् ।’


पूर्वअर्थमन्त्री खतिवडाले उद्योग व्यवसायीका लागि आवश्यक परेको अवस्थामा राज्यले छिटो बाटोबाट नीति निर्माण गरी कानूनी समस्या समाधान गर्ने बताउनु भयो । उहाँले पछिल्लो समय उद्योग व्यवसायमा देखिएको ऊर्जा समस्या समाधान गर्न उद्योगी व्यवसायीले आफ्नै पहलमा केही गर्नुपर्ने भन्दै सरकारले खेल्नुपर्ने भुमिकाका बारेमा दबाब सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१६.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’