fbpx

बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री उपस्थित हुनु पर्दथ्योः वेदुराम भुसाल

author

समाचारपाटी

१ year अगाडि

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष डा. वेदुराम भुसालले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पुनर्लेखन नगर्न नयाँ सत्तारुढ गठबन्धनलाई आग्रह गर्नुभएको छ । 

सत्तारुढ एमाले र माओवादी केन्द्रबीच तत्कालीन अर्थमन्त्री डा. प्रकाशरण महतले संसदमा पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता पुनर्लेखन नगर्दा उपयुक्त हुने उहाँको भनाई थियो । आईतवार राष्ट्रिय सभा बैठकमा सो विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै उपाध्यक्ष भुसालले अर्थमन्त्री वर्षमान पुनले उपस्थिति नभएकोमा असन्तुष्टि समेत व्यक्त गर्नुभयो । उपाध्यक्ष भुसालले विनियोजन विधेयकमाथिको छलफल अर्थमन्त्रीकै उपस्थितिमा हुनुपर्छ भन्ने आफ्नो धारणा रहेको पनि बताउनु भयो । उहाँले अर्थ मन्त्रालयका प्रतिनिधिहरुलाई चालु छलफलमा भाग लिन आउनका लागि अर्थमन्त्री पुनः समक्ष सन्देश पुर्याउन पनि आग्रह गर्नुभयो ।

उपाध्यक्ष भुसालले भन्नुभयो,‘सबभन्दा पहिला म यो बजेटको सिद्धान्त र प्राथमिकता नरोक्न राम्रो हुन्छ भन्ने कुरा राख्न चाहन्छु । अझै पनि आर्थिक संकटबाट मुक्त छैन भन्ने स्वीकारोक्तिसहित यो बजेटको सिद्धान्त र प्राथमिकता आएको छ । यसको कार्यान्वयन कसरी हुने हो । मैले अस्तीको दिन बोल्दा पनि भनेको थिए–अर्थतन्त्रमा जुनखालको संकट छ । त्यो संकटको समाधान गर्नेगरी अवको बजेट आउँछ कि आउँदैन ? मुख्य विषय त्यो हो । यहाँ जुन खालको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएका छन् । यही आधारमा बन्ने बजेटले मुख्य त हाम्रो अर्थतन्त्रको संकटलाई समाधान गर्नसक्छ कि सक्दैन ? मुलुकमा उत्पादन वृद्धि गर्नसक्छ कि सक्दैन, रोजगारी सृजना गर्न सक्छ कि सक्दैन ? यी तीन वटा कुरामा ध्यान दिएर बजेट आएन भने हामी फेरी पनि कुरा त गर्न सक्छौ तर काम गर्न सक्दैनौं भन्ने मलाइ लाग्छ । अव अहिले त यहाँ मन्त्रीजी नै देखिनुभएको छैन । मैले रोष्टमबाट भनौ कि नभनौं । अर्थमन्त्रीजी हुनुपथ्र्यों यहाँ । हाम्रो यो चाँही अर्थमन्त्रीजीकै उपस्थितिमा छलफल गर्नुपर्छ धारणा पनि हो । उहाँ आउनुभएको छैन । यो सन्देश पुगोस, मन्त्रालयका प्रतिनिधिहरु बस्नुभएको होला । मुलुकको आर्थिक संकटलाई समाधान गर्ने, उत्पादन वृद्धि गर्ने र रोजगारी सृजना गर्नेगरी बजेट ल्याईयोस् ।’ उपाध्यक्ष भुसालले आगामी आर्थिक वर्षको बजेट ल्याउदा सरकारले उत्पादन वृद्धि र रोजगारीको अवसर सृजना हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पनि सरकारलाई सुझाव दिनुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, चैत्र १३, २०८१

१९.०८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसद चल्न दिदैनौँः माओवादी केन्द्र

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन