fbpx

‘खराब कानुनका विरुद्ध जेहाद नै छेड्ने तयारी गरिरहेका छौं’:-डा.स्वर्णिम वाग्ले

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले संसद्मा‍ खराब कानुनका विरुद्ध जेहाड छेड्ने तयारीमा रहेको बताउनुभएकाे छ। राष्ट्रव्यापी दबाबमूलक कार्यक्रमको आइतबार मेलम्चीमा शुभारम्भ गर्दै रास्वपा सांसद वाग्लेले भोलिदेखि सुरू हुने संसद् बैठकमा रास्वपा खराब कानुनको विरुद्ध लड्न अझ सशक्त ढंगले अगाडि बढ्ने दावी गर्नुभएकाे हाे।

''भोलिदेखि संसद् बैठक सुरू हुँदैछ। खराब कानुनका विरुद्ध जेहाद नै छेड्ने तयारी गरिरहेका छौं। यसै सिलसिलामा संसदीय दलको बैठक बसेर सांसदहरूले त्यसको तयारी गरिरहनु भएको छ,उहाँले भन्नुभयाे।

उहाँले संसदको लडाइँ सडकमा उतार्न अभियान सुरू गरिएको बताउनुभयाे। उहाँले भन्नुभयाे, 'संसदीय फाँटको लडाइँलाई अब सडकमा उतार्दैछौं। शान्तिपूर्ण तवरले एक थोपो रगत नबगाइकन जनतालाई दुस्ख नदिइ शान्तिपूर्ण दबाब दिन अभियान सुरू गरेका हौं।''

नेता वाग्लेले आफ्ना २० जना सांसदहरूले संसदमा उठाएका आवाज बुलन्द भएको दावी गर्नुभयाे। ''संघदेखि स्थानीय सरकारमा रास्वपाको उपस्थित नभए पनि २० जना सांसदहरूले आवाज उठाइरहेका छन्। जनताका मुद्दा उठाइरहेका छन्, जुनसकै बैठकमा किन नहोस् मन्त्रीहरूलाई र्‍याखर्‍याख्ति पारिरहेका छन्,'उहाँले भन्नुभयाे,'प्रदेश, राष्ट्रिय सभा र प्रतिनिधिभाका सबै सांसद जोड्दा ८८४ जना छन्। तीमध्ये हाम्रा २० जना सांसदहरूले उठाएका आवाज ती बाँकी सबैभन्दा कडा छन् । बुलन्द छन्। किनभने हामीले उठाएका मुद्दा सही छन् र हामी जनताको पक्षमा उभिएका छौं।''

रास्वपाले रुग्ण र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउनका आजदेखि दबाब अभियान सुरू गरेको हो। अभियानका क्रममा स्थानीय बस्तीका बासिन्दाको सुझाव तथा गुनासा लिने रास्वपाले जनाएको छ।

दबाब यात्रामा सांसदसहित २१ जनाले अगुवाइ गरेका छन्। अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन–तीनवटा योजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ ।


काठमाडौं

शनिबार, चैत्र १, २०८१

१७.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन