बजेटसँग तादात्म्यता मिल्ने र कार्यान्वयन गर्नेगरी क्रमिक सुधार गर्ने कार्यक्रम आयोःस्वर्णिम डा.वाग्ले

author

समाचारपाटी

१ year अगाडि


राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्ले नीति तथा कार्यक्रमले बजेटसँग तादात्म्यता मिल्ने र कार्यान्वयनमा जाने गरी क्रमिक सुधारहरुका बीउहरु रोपेको बताउनुभएको छ ।

मंगलवार सरकारको नीति तथा कार्यक्रम प्रश्तुतपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले विगतमा कार्यक्रममा ठूला कुरा गर्ने बजेटमा तादात्मयता नहुने र कार्यान्वयनमा जाँदै नजाने कर्मकाण्डमा सिमित हुने कुरालाई ब्रेक गरेको बताउनु भयो । उहाँले कार्यक्रमले ठूला कुरा नगरौं र क्रमिक सुधारहरु (इङक्रिमेन्टल रिर्फम) हरु हरेक मन्त्रालयमा गरेर हेरौं भन्ने बीउ सबै मन्त्रालयमा राखेको बताउनु भयो । उहाँले नीति तथा कार्यक्रम बजेटमा सम्बोधन हुने देखिएकाले कार्यान्वयनमा जाने सम्भावना रहेको बताउनु भयो । वाग्लले विगत ३२ वर्षमा सबैभन्दा बढी शासन गरेको पार्टीले नीति तथा कार्यक्रम पुरानै शैली भन्नु भनेको आफ्नो कमजोरीको स्वीकारोक्ति रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो,‘सरकारले ल्याएको नीति तथा कार्यक्रम डिपार्चर प्रस्थान गर्ने खालको आएको छ । विगतमा कार्यक्रममा ठूला कुरा गर्ने बजेटमा तादात्मयता नहुने र कार्यान्वयनमा जाँदै नजाने कर्मकाण्डमा सिमित थियो । यो वर्ष ठूला कुरा नगरौं तर क्रमिक सुधारहरु (इङक्रिमेन्टल रिर्फम)हरु हरेक मन्त्रालयमा गरेर हेरौं भन्ने बिउ सबै मन्त्रालयमा राखेको पाए । दर्शनौं क्रमिक सुधारहरुका बिउ यसपालि राखिएका छन् । त्यो भनेको बजेटसँग मिल्ने सम्भावना बढेको छ । बजेटमा सम्बोधन हुने देखिएकाले कार्यान्वयनमा जाने सम्भावना देखिएको छ । विगत ३२ वर्षमा सबै भन्दा बढी शासन गरेको पार्टीले नीति तथा कार्यक्रम पुरानै शैली भन्नु भनेको आफ्नो कमजोरीको स्वीकारयुक्ती हो । नीति तथा कार्यक्रमले अर्थतन्त्र सुधार गर्ने जग बसालेको छ । नीति तथा कार्यक्रममा टेकेर बजेट आउँदैछ ।’ उहाँले अर्थतन्त्र सुधार गर्ने जग बसालेकाले नीति तथा कार्यक्रममा टेकेर बजेट आउने विश्वास व्यक्त गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, असार ७, २०८२

२४.८९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढ्योः सांसद अमनलाल मोदी

जसपा, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक शुरु

राष्ट्रिय स्वतन्त्र पार्टीको कालो वस्त्र र नीलो रिबनबारे प्रधानमन्त्रीको...

उपेन्द्र यादवलाई प्रदीप यादवको चुनौतिः मन्त्री भएर मेरो क्षेत्रमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन