fbpx

‘सुशासन र युवाकेन्द्रित मन्त्रालय रोजेरै लिएका छौँ, गर्न नसकेको दिन आफैँ बाहिरिन्छौँ’:-डा. स्वर्णिम वाग्ले

author

समाचारपाटी

९ महिना अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले आफ्ना मन्त्रीहरुले काम गर्न नसकेको दिन सरकारबाट आफैँ बाहिरिने बताउनुभएको छ । 


बुधवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजकाजको अवसर आउँदा अभ्यास गर्नैपर्ने भएकाले आफूहरु सरकारमा सहभागी बनेको बताउनु भयो । उहाँले फ्रेसनेस र अनुभवको सन्तुलनबारे बाहिरी व्यक्तिले चासो राख्नु स्वभाविक भएपनि आन्तरिक पार्टी मेकानिजममा नबोल्न चेतावनी दिनुभयो । उहाँले प्रधानमन्त्रीको समर्थनमा रास्वापको चाल चेसमा उँट, घोडा, हात्ती, रानी पिउसो चलाउन थालेपछि मन्त्री नै लगाएर चेकमेट गर्ने अवस्थासम्म पुग्ने मात्रै रहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसप्रति लक्षित गर्दै गृहमन्त्री हुँदा खोजिने नैतिकता प्रधानमन्त्री अफर गर्दा किन नखोजेको भन्दै प्रश्न गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘यो फ्रेसनेस र अनुभवको सन्तुलनबारे बाहिरी साथीहरुले चासो राख्न सक्नुहुन्छ, तर यो सन्तुलनलाई हाम कसरी अघि बढाउने भन्नेकुरा हाम्रो आन्तरिक पार्टी मेकानिजमलाई छोडिदिनुहोला । राजकाजको अवसर आउँदा अभ्यास गर्नैपर्छ । चेस खेल्न बसेपछि गोटी चाल्नैपर्छ । उँट, घोडा, हात्ती, रानी पिउसो चलाउन थालेपछि मन्त्री नै लगाएर चेकमेट गर्ने अवस्थासम्म पनि हामी पुग्न चाहन्छाैँ । प्रधानमन्त्रीको समर्थनमा हाम्रो आजको चल यही नै हो । गर्छौ के भन्ने प्रश्न उठेको छ । हामी बिगार्न, भत्काउन, तोड्न, उखेल्न आएका होइनौँ । हाम्रो प्रवेश सशर्त छ, काम गर्न आएका हौँ, काम देखाउन आएका हौँ, सरकारबाट डेलिभरी गर्न सकिन्छ की भनेर आएका छौँ । सुशासन र युवाकेन्द्रित मन्त्रालय रोजेरै लिएका छौँ । गर्न नसकेको दिन आफैँ बाहिरिन्छौँ । प्रधानमन्त्रीज्युलाई सहज बनाइदिन्छाैँ । गरे त हुने रहेछ नि । गृहमन्त्री हुँदा खोजिने नैतिकता प्रधानमन्त्री अफर गर्दा खोजिनुपर्ने हो नि । यहाँ डर छ भागिभागि हिँड्नुपरेको छ । च्याप्प समातेर प्रधानमन्त्री, उपप्रधानमन्त्री बनाइदिएर हिँड्नुपरेको छ । काँग्रेसलाई थाहा छ म प्रमाणबेगर नबोल्ने मान्छे हुँ । काँग्रेसले गरेको छैन भन्नुहुन्छ भने हामी सक्कली र नक्कली काँग्रेस खोजेर हिँड्ने कुरा भएन ।’

उहाँले काँग्रेसले रास्वपा सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको बताउनु भयो । उहाँले काँग्रेसलक्षित गर्दै उहाँले च्याप्प समातेर प्रधानमन्त्री, उपप्रधानमन्त्री बनाइदिन्छन् की भन्ने डरले हिँडिरहनुपरेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, मंसिर २०, २०८१

१०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन