fbpx

मालदार र बद्नाम अड्डाबाट भन्सारलाई रुपान्तरण गर्नेगरी ऐन बनाउनुपर्छः डा.स्वर्णिम वाग्ले

author

समाचारपाटी

३ हप्ता अगाडि


राष्ट्रिय स्वतन्त्रपार्टीका उपसभापति डा.स्वर्णिम वाग्लले मालदार र बद्नाम अड्डाका रुपमा रहेको भन्सार प्रणालीलाई रुपान्तरण गर्नेगरी भन्सार ऐन ल्याउन आवश्यक रहेको बताउनुभएको छ ।

मगलवार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिमा भन्सार सम्बन्धी कानूनलाई  संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा भएको सैद्धान्तिक छलफलमा बोल्दै उपसभापति वाग्लले यस्तो बताउनुभएको हो । उहाँले भन्सारमा सुरक्षा निकाय र भन्सारका कर्मचारी सरुवा कार्यमा हुने ठूलो लेनदेन रोक्ने गरी भन्सार ऐन आउनुपर्नेमा जोड दिनुभयो । उहाँले ऐनमार्फत चलखेल हुने ठाउँ बन्द गर्न जरुरी देखिएको उल्लेख गर्नुभयो । उहाँले यस्ता कार्यहरु भन्सार नीतिमार्फत निर्मुल बनाउन नसकिने भन्दै ऐनले व्यवस्था गर्नुपर्ने जिकिर गर्नुभयो । उहाँले भन्सारमा आउने सामान रोक्न कागजात नमिल्ने भन्दै तजबिजीमा काम गर्ने प्रवृत्ति रोक्ने कानून बनाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्सार प्रणालीलाई डिजिटल,डिजिटलाइजेशन,अटोमेशन तथा भौतिक रुपमा उपस्थित हुनुपर्ने विधिमा जानुपर्ने बताउनु भयो । उहाँले भन्सार छली गरेर पक्राउ पर्दा उठ्नै नसक्ने खालको कारबाहीको ऐनमा व्यवस्था गरी भन्सारमा सुधार ल्याउनुपर्ने बताउनु भयो । उहाँले बदनाम भन्सारको चुस्त रुपान्तरणको लागि प्रविधि र अन्तर्राष्ट्रिय राम्रा अभ्यासहरु ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्सार प्रविधिमा नेपाल भन्दा माथि रहेका मुलुकको प्रविधि प्रयोग गर्न आवश्यक देखिएको बताउनु भयो । उहाँले भन्सार रुपान्तरणको लागि राजनीतिक प्रतिवद्धतासहित अब मालदार र बद्नाम अड्डालाई रुपान्तरण गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो । 
उहाँले भन्नुभयो,‘ भन्सारमा सुरक्षा निकाय र भन्सारका कर्मचारी सरुवा कार्यमा हुने ठूलो लेनदेन रोक्ने गरी भन्सार ऐन आउनुपर्छ । ऐनमार्फत चलखेल हुने ठाउँ बन्द गर्नेतिर जानुपर्छ । भन्सार नीतिमार्फत निर्मुल बनाउन सकिँदैन । तजबिजीमा काम गर्ने प्रवृत्ति छ । त्यसलाई रोक्ने कानून बनाउनुपर्छ । भन्सारमा तजबिजि लगाएर काम गर्ने प्रवृत्तिलाई निर्मुल बनाउनुपर्छ । भन्सार प्रणालीलाई डिजिटल,डिजिटलाइजेशन,अटोमेशन तथा भौतिक रुपमा उपस्थित हुनुपर्ने विधिमा जानुपर्छ । भन्सार छली गरेर पक्राउ प¥यो भने उठ्नै नसक्ने खालको कारबाही भयो भने भन्सारमा सुधार ल्याउँछ । बद्नाम भन्सारको चुस्त रुपान्तरणको लागि प्रविधि र राम्रा अभ्यासहरु आएका छन् । भन्सार प्रविधिमा नेपाल भन्दा माथि रहेका मुलुकको प्रविधि प्रयोग गर्न आवश्यक छ । सुधारको लागि राजनीतिक प्रतिवद्धता छ । मालदार र बदनाम अड्डालाई हामीले रुपान्तरण गर्नुपर्छ ।’


उहाँले श्रम,स्वच्छ ऊर्जा,निर्यात गर्ने वा नेपालमा आयात प्रतिस्थापन गर्ने वस्तुरुमा भन्सार शुल्क कम हुनुपर्ने बताउनु भयो । उहाँले निर्यातजन्य वा पुँजी निर्माणमा काम लाग्ने वस्तुहरुमा कम भन्सार राख्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले अहिले सरकारले मनलाग्दी भन्सारदर अपनाउने गरेको भन्दै भन्सारदर राख्नुको आधार पुष्टि हुनेगरी राख्न आवश्यक रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, माघ ६, २०८१

२३.४८°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक