सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीको संलग्नता रहेको हुनसक्ने शेखर कोईरालाको आशंका

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सय किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालको संलग्नता रहेको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ । 


बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोईरालाले राजश्व अनुसन्धान विभाग मात्रै संलग्न गराइ सुन तस्करी प्रकरणको अनुसन्धान गर्नु र नेपाल प्रहरीलाई बाहिर राख्नुले आशंका उब्जिएको बताउनुभएको हो । सुन समातिएको हप्ता दिन अघिसम्म प्रधानमन्त्री दाहालको स्वकीय रहनुभएका (नवराज ढुंगाना) लाई राजश्व अनुसन्धानको प्रमुख बनाउनु र सुन तस्करी अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) लाई सहभागी नगराउनुले प्रधानमन्त्रीमाथि आशंका उब्जिएको बताउनु भयो । उहाँले प्रहरीलाई अनुसन्धानमा संलग्न नगराइ राजश्व अनुसन्धान विभाग मात्रै संलग्न गराउनुको कारण सञ्चारमाध्यमहरुले खोज्नुपर्ने बताउनु भयो । उहाँले सुन तस्करी प्रकरणको अनुसन्धान चल्दै गर्दा अर्को प्रकरण निस्किने र सुन तस्करी प्रकरणबारे भइरहेको अनुसन्धान आझेलमा पर्ने दाबी गर्नुभयो । उहाँले भूटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरण अहिले सुन प्रकरणपछि सेलाएको बताउनु भयो । नेता कोईरालाले सुन प्रकरणमा माथिल्लो तहका नेताहरुको संलग्नता रहेको आशंका गर्दै घटना सामसुम बनाउने प्रयास भइरहेको बताउनु भयो । उहाँले देशमा अराजकता र दण्डहीनता बढीरहेको बताउनु भयो । उहाँले मानिसको हत्या गर्नेहरुलाई राजनीतिक लेपमा छुट दिनु देशका लागि राम्रो नभएको जिकिर गर्नुभयो । 


उहाँले भन्नुभयो, ‘भ्रष्टाचारले देश गाँजेको छ । अर्को भनेको दण्डहीनता बढीरहेको छ । मान्छे मार्नुहुन्छ, राजनीतिक लेपमा छुट्नुहुन्छ । सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालतले निर्णय गरिसकेको हुन्छ । यस्ता कुरलाई हामीले ठिक राख्न सकेनौँ भने देश अराजकतातिर जान्छ । अहिले गइरहेको छ । भ्रष्टाचारले देशलाई हरेक क्षेत्रमा गाँजेको छ । एउटा प्रकरण निस्किन्छ, त्यो इस्यु अघि बढाउँदै अर्को इस्यु आउँछ, पहिलाको इस्यु साइड लाग्छ । भूटानी शरणार्थीपछि ललिता निवास जग्गा प्रकरण आयो, भूटानी शरणार्थी प्रकरण रोकियो । झ्याप्प किन रोकियो भने माथि कोही न कोही मान्छे परिरहेको हुन्छ । सुन काण्ड आयो, मैले भनिरहनु पर्दैन, यो पनि सामसुम हुन्छ, किनभने माथिल्लो कोही इन्भल्व हुन्छ । सुनकाण्डमा त नेपालका बजार धेरै ठूलो छैन । यो काण्ड चल्दाचल्दै अर्को काण्ड निस्किन्छ, कुनैपनि काण्ड निस्कर्षमा पुग्दैन, किनभने माथिका मानिस सहभागी हुन्छन् । सुन काण्डमा रोचक के छ भने सिबिआई इन्भल्व छैन । राजश्व अनुसन्धान मात्रै इन्भल्व छ । सिआईबी इन्भल्व छैन, त्यो इन्ट्रेस्टिङ छ । राजश्व अनुसन्धान पहिला अर्थ मन्त्रालयको अण्डरमा हुन्थ्यो, ओलीजी प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याउनुभयो, शेरबहादुरजी आइसकेपछि उहाँले फर्काउनु भएन, अहिले प्रधानमन्त्रीजीले पनि फर्काउनुभएको छैन । त्यहाँ डिजी जो हुनुहुन्छ, सुन काण्ड भन्दा ७ दिन पहिला प्रधानमन्त्रीजीको पिए हुनुहुन्थ्यो । के हुँदैछ, कहाँ पुग्न खोज्दैछौँ ।’

नेता कोईरालाले संसद अवरोध गरेर मात्रै समस्याको समाधान नहुने बताउनु भयो । उहाँले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरोध गरिरहेको प्रसंग निकाल्दै बोल्के कुरा संसदमा बोल्दा राम्रो हुने र त्यसमा सत्तापक्षका सांसदहरुले पनि आफ्ना धारणा राख्न पाउने बताउनु भयो । कुनै घटना आउने बित्तिकै शीर्ष तीन दलका नेताहरु छलफल बसिरहेकोप्रति पनि आशंका व्यक्त गर्नुभयो।  


उहाँले भन्नुभयो, ‘अर्कोतिर संसद चलिरहेको छ, विपक्षी पार्टी एमाले संसद अवरुद्ध गरेर बसिरहेको छ । संसदमा जति बोल्नु नि । बोलेर त्यसमा प्रतिपक्षले पनि बोल्नु सुन काण्डकै त इस्यु होला । आफ्ना कुरा राख्नु नयाँ कुरा भए एक्सपोज गर्नु । सत्ता पक्षका साथीहरु पनि बोल्लान् । पक्ष विपक्ष त स्वभाविक हो नि । संसदलाई अवरुद्ध गर्दा राष्ट्रलाई कति क्षति भइरहेको छ, यो कुरा विपक्षी दल नेपाली काँग्रेसले पनि बुझ्न जरुरी छ । एउटा इस्यु आउँछ, घटना अघि बढ्दै जान्छ, अनि शीर्ष तीन नेताहरु एक ठाउँमा बसिहाल्छन् । बसेर छलफल गर्छन् के गर्छन् थाहा छैन मलाई । हिजो अस्ति पनि छलफल भएको छ । के भएको भन्ने माग गर्नुस् । यो कुरालाई उजागर गर्न सक्नुपर्छ ।’ 

नेता कोईरालाले पार्टी सभापति शेरबहादुर देउवासँग आफू नमिलेको र बोलाएपछि मात्रै पार्टी सभापति कहाँ जाने गरेको बताउनु भयो । उहाँले पार्टी सभापतिले गरेका गल्ती र कमजोरीहरुमा आफूले असहमति राखिरहेको स्पष्ट पार्नुभयो । 


काठमाडौं

मङ्लबार, बैशाख १६, २०८२

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन