fbpx

‘वित्तीय कारोबार डिजिटल रुपमा हुँदै जाँदा जोखिम पनि हुँदै जान्छ’ :-डा. युवराज खतिवडा

author

समाचारपाटी

१ year अगाडि

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बहुउदेश्य सहकारीहरुको काम नभएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल सम्मेलनमा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताउनुभएको हो । एउटा मात्रै काम गरेर बहुउद्देश्यीय सहकारी भन्न नमिल्ने उहाँको भनाई छ । उहाँले बहुउदेश्य सहकारीको नाममा एकल उद्देश्य पूर्ति गर्ने सहकारीहरुको अब काम नभएको दाबी गर्नुभयो । उहाँले अब बहुउद्देश्य सहकारीलाई क्षेत्रगत र उद्देश्य केन्द्रित बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले सहकारीले अब उत्पादन, वितरण र उपभोक्ताको क्षेत्रमा काम गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले पछिल्लो समय बहुउद्देश्य सहकारीका नामम नेटवर्किङ गरेर सहकारीलाई एक किसिमको व्यवसाय मात्रै बनाएर सहकारीको अथित्व २०२५ मा नै सकिने बताउनु भयो । उहाँले नोटको प्रयोग घट्दै गएकोले अब सहकारीहरु पनि डिजिटल प्रविधिमा जानुको विकल्प नभएको बताउनु भयो । उहाँले बढ्दो सूचना प्रविधिको विकासले बैंकको शाखा र नोटको कारोबारको पनि कम हुँदै गएको भन्दै सहकारीहरुले पनि तयारी गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले सहकारीलाई उत्पादन,वितरण,उपभोक्तासँग जोडिएका सहकारी बाहेक शाखा खोल्ने,सेवा केन्द्र खोल्ने,नेटवर्किङ चलाउने कामलाई सहकारी ऐन संशोधन गरेर सदस्य वेस,क्षेत्रगत लक्ष्य र उदेश्य सहकारी संस्था अगाडि बढाउन जरुरी रहेको बताउनु भयो । सहकारीको कारोबार डिजिटल हुनसक्यो भने पारदर्शिता कायम भई क्रमशः समस्या समाधान हुने खतिवडाले बताउनु भयो । उहाँले सहकारी वित्तीय कारोबार मात्रै नभई सामाजिक पुँजी निर्माण र सहकार्य भएको बताउनु भयो । उहाँले सहकारी क्षेत्रले सदस्यलाई सूचना प्रविधिमा पनि अगाडि बढाउनुपर्ने बतउनु भयो । उहाँले अब स्मार्ट सहकारीतर्फ अगाडि बढ्दै कारोबार पनि स्मार्ट हुनुपर्नेमा जोड दिनुभयो ।  उहाँले आगामी २०३० सम्म सबै सहकारी प्रविधि मैत्री हुने विश्वास व्यक्त गर्नु भयो ।
उहाँले भन्नुभयो,‘ वित्तीय कारोबार डिजिटल रुपमा हुँदै जाँदा जोखिम पनि हुँदै जान्छ । साइवर सुरक्षाको लागि पनि सहकारीहरु तयारी हुनुपर्छ । सहकारी प्रविधिमैत्री हुँदै जाँदा कसरी सदस्यहरुलाई सुरक्षित राख्न सकिन्छ भनेर जान्नुपर्छ । यस्ता कुरा गर्न सके सहकारीहरु २०३० सम्म सहकारीहरु देखिन्छन् । नभएर २०३० सम्म सहकारी भएको ठाउँमा विजनेस कम्पप्लेस छ भन्ने हुन्छ । २०३० सम्म सहकारीहरु प्रविधिमैत्री हुन्छन् । आफ्नो संस्था र कारोबारको बारेमा स्मार्ट फोनबाट हेर्नु सक्नुहुने छ । आफू सदस्य भएको सहकारीको एप्स मोबाइलमा हुन्छ । एप्स मार्फत सुचना पाइराख्नु हुने छ । शंका लागेमा कारोबार गर्नको लागि सदस्यहरुबीचमा समन्वय भएको हुन्छ । हल्ला भन्दा पनि सदस्यहरुबीचको सल्लाहले सहकारी ठिक छ वा छैन भन्ने मूल्याङकन गर्नु सक्नुहुने छ । डिजिटल प्रविधिले बचत फिर्ता गर्न सहकारीमा लाइन लाग्ने अवस्थाको अन्त्य पनि गर्छ । २०३० सम्म सहकारीहरु डिजिटल र पारदर्शी हुने छन् । सहकारीलाई उत्पादन,वितरण,उपभोक्तासँग जोडिएका सहकारी बाहेक शाखा खोल्ने,सेवा केन्द्र खोल्ने,नेटवर्किङ चलाउने कामलाई सहकारी ऐन संशोधन गरेर सदस्य वेस,क्षेत्रगत लक्ष्य र उद्देश्य सहकारी संस्था अगाडि बढाउनुपर्छ । बहुउद्देश्य सहकारी भनेको पनि काम छैन । एकल उद्देश्य लिएर बहुउदेश्य सहकारीको नाम लिएर हिँडेर जनतालाई झुक्याउनुको काम छैन । बहुउद्देश्य सहकारीहरुलाई मौका दिनुपर्छ । उहाँहरुलाई बचत ऋण,कृषि,उद्योग र अन्य सेवा क्षेत्रमा जानुहुन्छ  भने ठिक छ । अहिलको जसरी काम नगरौं । केही सहकारीका साथीहरुले नेटवर्किङ गरेर जुन सहकारीलाई एक किसिमको व्यवसाय बनाउनुभएको छ । त्यस्तो भए २०२५मा नै बन्द हुनेछन् ।’

पूर्वअर्थमन्त्री खतिवडाले सामाजिक सञ्जालको उपयोग गरेर सदस्यलाई सहकारीको गतिविधिको जानकारी दिने वातावरण बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले सदस्यको हितमा काम नगर्ने सहकारीको भविष्य नरहेको भन्दै नाफामुखी, सदस्य र समुदाय केन्द्रित नरहेका सहकारी २०३०सम्म नरहने दाबी पनि गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल 


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन