पार्टीभित्र अनुशासनको आवश्यकता छ : प्रकाशशरण महत

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेताहरुलाई खुइल्याउने काम नगर्न आग्रह गर्नुभएको छ । 


आईतवार पार्टीको केन्द्रिय समिति बैठकमा बोल्दै उहाँले नेतृत्वलाई अनावश्यक गालि गलौज गर्ने र खुइल्याउने काम नगर्न आग्रह गर्नुभएको हो । उहाँले सामाजिक सञ्जालबाट नियोजित किसिमले बिरोध गर्नेकुरा कसैले कहीँबाट पनि गर्नु नहुने बताउनु भयो । उहाँले आपसमा गालिगलौज नगरी एकतावद्ध भएर अगाडी बढेमा काँग्रेसलाई कसैले बिस्थापित गर्न नसक्ने उहाँले बताउनु भयो । उहाँले पार्टीभित्र अनुशासनको आवश्यकता रहेको बताउनु भयो । 


उहाँले भन्नुभयो – ‘आजको आवश्यकता हाम्रो पार्टीमा विचार छैन । हाम्रो पार्टीको दृष्टिकोण छैन । हाम्रो पार्टीको मिशन छैन । हाम्रो पार्टीको भिजन छैन त्यो होइन । हाम्रो पार्टीको मिशन छ । हामी हाम्रो पार्टीप्रति गर्व गर्छौं । उच्च मनोबलका साथ जनतामा जान्छौँ । हामी त खत्तम भइसक्यौँ । हाम्रो अब भविष्य छैन । फलानोले गर्दाखेरी पार्टी यो ठाउँमा पुग्यो । ऊ ठाउँमा पुग्यो भन्ने मानसिकताबाट प्रस्तुत हुन्छौँ भने जतिसुकै, जतिवटा कार्यक्रम गरेपनि हामीले हाम्रो जनाआधार जुन बिस्तार गर्ने लक्ष्य राखेका छौँ एक्लै निर्वाचन जित्ने लक्ष्य राखेका छौँ । त्यो पूरा हुन सक्दैन ।

त्यसकारण पहिलो कुरा अनावश्यक किसिमको गालिगलौज, नेतृत्वलाई खुइल्याउने कुरा र सामाजिक सञ्जालबाट नियोजित किसिमबाट बिरोध गर्नेकुरा र नभएकोलाई पनि भएको जस्तोगरी प्रश्तुत गर्नेकुरा हामी कहीँ कतैबाट, कसैले पनि गर्नु हुँदैन । त्यो नगरेर हामी एक मनले, एक चित्तले पार्टी संगठनमा लाग्यौँ भने, जनताको बिचमा गयौँ भने नेपाली काँग्रेसलाई कसैले रिप्लेश गर्न सक्दैनँ । त्यसमा दुईमत छैन । त्यसैले मुलभुत रुपमा पार्टीमा अनुशासनको आवश्यकता छ । र अनुशासनको लागि हाम्रो पार्टी हो । पार्टीमा मतभिन्नताहरु हुन सक्दछन् । एक अर्कालाई कतिपय अवस्थामा मन पराउँला नपराउँला । तर हाम्रो पार्टीको उम्मेदवार भइसकेपछि त्यसलाई हामी सघाउँछौँ । मलाई व्यक्तिगत रुपमा मन नपर्न सक्छ । हाम्रो पार्टीको उम्मेदवार भन्दा अर्को पार्टीको उम्मेदवार हाम्रो सहयोगी हुन सक्दैन भन्ने बटमलाइनमा हामी एक हुने कि नहुने ?’


उहाँले पार्टीभित्र मतभिन्नताहरु भएपनि निर्वाचनका बखत पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउनुपर्ने बताउनु भयो । 
नोटः नेपाली काँग्रेस केन्द्रिय समितिको बैठकका हामीले बनाइ पठाएका समाचार पार्टीको आधिकारिक फेसबुक पेजबाट सुनेर समाचार बनाइ पठाएका छाँै । यस सम्बन्धी बाइट उपलब्ध हुनेछैन । आफ्नो अनुकुलतामा प्रयोग गर्न सक्नुहुनेछ । 


काठमाडौं

मङ्लबार, बैशाख १६, २०८२

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन