परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

author

समाचारपाटी

३ हप्ता अगाडि

नेपाली काँग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाउनुपर्ने बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विभिन्न स्रोतबाट प्रश्तावित तथा माग भएका आयोजनाहरूमध्ये प्राथमिकतामा नभएकाहरूलाई घटाउनुपर्ने बताउनु भयो । उहाँले उत्पादन र गतिशीलतामा मद्दत नगर्ने आयोजनाहरूलाई प्राथमिकतामा नराख्न सरकारलाई सुझाव दिनुभयो । उहाँले सडक आयोजनाहरुमा प्रतिफल नदिने आयोजनाहरु प्रश्तावित हुने गरेको भन्दै त्यसलाई घटाउनुपर्नेमा जोड दिनुभयो । पूर्वअर्थमन्त्री महतले जनसङ्ख्या, पर्यटन र उत्पादनलाई प्राथमिकता दिए त्यसले परिणाम पनि राम्रो निकाल्ने र रोजगारीमा पनि मद्दत पुग्न विश्वास व्यक्त गर्नुभयो ।  

उहाँले भन्नुभयो, “जुन हामी आयोजनाहरू प्रस्तावित गर्छौ, त्यसलाई घटाउनुपर्यो, त्यसमा कैँची लगाउनुपर्यो । जसबाट परिणाम तथा प्रतिफल केही देखिने अवस्था देखिँदैन, त्यस्ता आयोजनाहरू जुन प्राथमिकता नभएका आयोजनाहरू छन्, विभिन्न स्रोतबाट प्रस्तावित तथा माग भएका आएका छन् तर त्यसले खासै उत्पादनमा मद्दत गर्दैन, मोबिलिटीमा मद्दत गर्दैन । त्यस्ता आयोजनाहरू जुन सडक आयोजनामा धेरै छ, त्यसलाई हामीले घटाउनुपर्यो । जहाँ जनसङ्ख्याको घनत्व धेरै छ, पर्यटनको सम्भावना बढी छ र उत्पादनको पकेट हुनसक्छ, त्यसलाई फोकस गरेर कनेक्टिभिटी बजेट फुल्ली फण्डेड गर्नुपर्यो । त्यो भने परिणाम आउन थाल्छ । त्यसले रोजगारीलाई पनि मद्दत पुग्छ, मोबिलिटीलाई पनि मद्दत पुग्छ ।”  उहाँले प्रतिफललाई प्राथमिकता दिएर आयोजना प्रश्तावित गरिए मात्रै त्यसले राम्रो प्रभाव पार्ने बताउनु भयो ।

–न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

३०.९७°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान