‘अफ्ठ्याराहरु त देशमा धेरैखाले छन्, त्यो अफ्ठ्याराहरुलाई पन्छाउँदै हिँडिरहेका छौँ ‘:-डा.प्रकाशशरण महत

author

समाचारपाटी

२ years अगाडि

अर्थमन्त्री एवं नेपाली काँग्रेसका नेता डा.प्रकाशशरण महतले जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर नरहेको बताउनुभएको छ । 

बुधवार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्रतिगामीहरुले सोचेको भन्दा बलियो रहेको बताउनु भयो । उहाँले राजनीतिमा धेरै खाले अफ्ठ्यारा आउने र त्यसलाई पन्छाउँदै जानुपर्ने बताउनु भयो । उहाँले लोकतान्त्रिक मूल्य र मान्यता र कानूनी शासनलाई संरक्षित गर्दै सुशासन, समृद्धि र विकासमा प्रतिवद्ध रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘अफ्ठ्याराहरु त देशमा धेरैखाले छन् । त्यो अफ्ठ्याराहरुलाई हामीले पन्छाउँदै हिँडिरहेका छौँ । राजनीतिमा त अफ्ठ्यारा आउँछन् । एकमद स्मोथ, सहज बाटो त हुँदैन । अफ्ठ्यारा त आइरहन्छन् । त्यसलाई फेरि सल्ट्याउँदै अघि बढ्ने हो । नेपाली काँग्रेस लोकतान्त्रिक मूल्य र मान्यता कानूनी शासनमा विश्वास गर्दछ । त्यसलाई संरक्षित गर्दै त्यसको सम्पूर्ण रुपमा प्रत्याभुति दिँदै सुशासन, समृद्धि र विकासमा प्रतिवद्ध छ । विभिन्न बहानामा यो धेरै ठूलो मेहनतले आएको स्थापित सिस्टम हो ।

यसमाथि प्रश्न उठाउने लक्ष्यका साथ अनेकौँ बहानाबाजी गरेर यसलाई कमजोर गर्ने कोशिस विभिन्न कोणबाट, गुटमा प्रकट भएकै छन् । तर जनताबाट स्थापित यो सिस्टम यो यति कमजोर छैन । यसको पक्षमा ठूलो जनमत छ । जसले जानिजानि बेठाउँमा लगानी गर्ने,दुरुपयोग गर्ने र तिर्दिन भन्नेलाई छुट दिन सकिँदैन तर गर्दा कोशिस गर्दै पनि समस्यामा परेका छन् भने त्यसलाई राज्यले हेर्नुपर्छ ।’अर्थमन्त्री महतले बैठकमा आसन्न महासमितिको बैठकको तयारीको बारेमा छलफल भएको बताउनु भयो ।


काठमाडौं

बुधबार, असार ४, २०८२

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपाका कारण संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था...

संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः...

संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष...

सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः राजेन्द्र लिङदेन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन