‘काँग्रेस विचारमा विविधतासहितको पार्टी हो’:- नेता डा. मिनेन्द्रराज रिजाल

author

समाचारपाटी

१ महिना अगाडि

नेपाली काँग्रेसका नेता डा. मिनेन्द्रराज रिजालले नेपाली काँग्रेस विचारमा विविधतासहितको पार्टी भएको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेस आमनागरिकको विचार र चेतना बोकेको पार्टी भएको बताउनु भयो । उहाँले काँग्रेसले हरेक विचार बोकेका व्यक्तिहरुलाई समेटेर लैजानसक्ने पार्टी भएको दाबी गर्नुभयो । उहाँले पार्टीले विभिन्न विचार र समूहका चेतना बोक्ने भएकाले आमनागरिकले काँग्रेसलाई मेरो पार्टी हो भनेर गर्व गर्नसक्ने अवस्था रहेको जिकिर गर्नुभयो । विश्वका पुराना लोकतान्त्रिक दलहरुमा सबैलाई समेट्न सक्ने क्षमता हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस आमनागरिकको पार्टी हो । आमनागरिकको पार्टी भनेको आमनारिकमा जे चेतना छ पार्टीमा पनि त्यही चेतना गर्ने पार्टी हो । आमनागरिक एकातिर हुने र पार्टी एकातिर हुने त्यो चेतनाको पार्टी नेपाली काँग्रेस होइन । आमनागरिकको पार्टी मात्रै होइन नेपाली कांग्रेस असाध्यै फराकिलो छाताको पार्टी हो । नेपाली काँग्रेसलाई मेरो पार्टी हो भनेर भन्ने मान्छेहरुका बीचका पनि असाध्यै ठुलो विचारमा विविधता भएको पार्टी हो । दुनियाँका पुराना र लोकतान्त्रिक पार्टीहरुमा त्यो खालको चरित्र रहन्छ ।’


नेता रिजालले काँग्रेस र एमालेको वर्तमान सरकारले आगोको पर्खाल निर्माण गरी निषेधको राजनीति गरेको आरोप लगाउनु भयो ।  सरकारले सुशासनमार्फत जनताका निराशा सम्बोधन गरी विश्वासको आधारमा दलहरुसँग संवाद गरेर संविधान संशोधन गर्नुपर्ने उहाँको भनाइ छ ।

–न्युज एजेन्सी नेपाल 


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१५.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’