fbpx

डा. श्रेष्ठ स्वास्थ्य मन्त्रीका दावेदार, स्वास्थ्य मन्त्रालयका पदाधिकारीसँग भेटघाट

author

समाचारपाटी

२ years अगाडि

पोखरा । सरकारमा जाने नजाने अन्योलकाबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकारमा सहभागी भएको छ । २० सिट जितेर प्रतिनिधि सभामा आफ्नो बलियो उपस्थिति देखाएको स्वतन्त्र पार्टीले कति वटा मन्त्रालय र कुन कुन पाउँछ भन्ने एकिन टुङ्गो लागेको छैन । अहिलेसम्म गृह मन्त्रालय उक्त पार्टीका सभापति रवी लामिछानेले सम्हाल्नुभएकाे छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीसँग तीन जना चिकित्सक सांसद भएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय रास्वपाले पनि दाबी गरेको छ । उक्त पार्टीमा डा. चन्दा कार्की, डा. ढाका कुमार श्रेष्ठ र डा.तोसिमा कार्की सांसद छन् । तर, तीन मध्ये रास्वपाको सुरुवाती चरणदेखिको उपस्थिति श्रेष्ठको रहेको छ । अधिकारीहरू भन्छन्, श्रेष्ठले पार्टीलाई यो अवस्थामा ल्याउन ठूलो योगदान गर्नुभएकाे छ । अझ गज्जव त श्रेष्ठ पार्टी भित्र निर्वाचित प्रतिनिधि हुनुहुन्छ ।

प्रचारप्रसारमा खासै रुची नराखेका कारण अहिले उहाँ मन्त्री हुने चर्चामा ओझेलमना पर्नुभएकाे छ । रास्वपाकै सांसद श्रेष्ठ अरु डा. सासंद भन्दा अव्वल हुनुहुन्छ ।

हुनत अहिलेसम्म स्वास्थ्य मन्त्रालयमा माओवादी, सङ्घीय समाजवादी, रास्वपाले दाबी गर्दै आउनुभएकाे छ । यिनिहरूको तुलनामा बलियो सम्भावना रास्वपा कै रहेको छ । ‘रास्वप स्रोत भन्छ, ‘हामीले पार्टी जन्मिनु भन्दा अगाडी अभियानमा जोडिएका डा. ढाका कुमार श्रेष्ठलाई सम्मान स्वरुप स्वास्थ्य मन्त्रालय दिनुपर्ने छ ।’

डा. ढाका कुमार श्रेष्ठले पनि पार्टीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा पठाएको खण्डमा कुसलता पूर्वक जिम्मेवारी बहन गर्ने बताउनुभएकाे छ ।

‘म सिनियर व्यक्ति हुँ । सिनियर व्यक्ति भएको हिसाबले मैले जिम्मेवारी पाउँनु स्वभाबिक पनि हो’, डा. श्रेष्ठले भन्नुभयाे । ‘तर, म मन्त्री बन्नकै लागि नेतृत्वलाई कुनै दबाव दिन्न ।’ आफूले स्वास्थ्य मन्त्री भए केके गर्ने भनेर खाका तयार पारेको पनि उहाँले सुनाउनुभयाे ।

डा. श्रेष्ठले स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीसँग पनि भेटघाट गर्नुभएकाे छ । मन्त्रालयलले पाँच वर्षे कार्यकालमा गरेका राम्रा कामहरू र आउँदो वर्षका लागि गर्न बाँकी योजनाहरूको बारेमा समेत डा. श्रेष्ठले जानकारी लिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताउनुभएकाे छ ।

मन्त्रालयका अधिकारीसँगको भेट पछि डा. श्रेष्ठले भन्नुभयाे, ‘हामी विज्ञ बन्नका लागि पहिला विज्ञ व्यक्तिहरूसँग छलफल, अन्तरक्रिया र परामर्श लिन आवश्यक छ । होइन भने अन्दाजको भरमा तथ्यभन्दा बाहिर र हावादारी गफ मात्र हुनेछ ।’


काठमाडौं

बुधबार, चैत्र ५, २०८१

१३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

पुल्चोक क्याम्पसमा २ हजार ९७९ मत खस्यो

झडप भएपछि पाटन संयुक्त क्याम्पसको चुनाव स्थगित

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन