fbpx

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा डीआर उपाध्यायको अर्को उपन्यास ‘भाग्यचक्र’सार्वजनिक

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । आफ्ना एकपछि अर्को उपन्यास युट्युबमा सार्वजनिक गरिरहनुभएका विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा डीआर उपाध्यायको अर्को उपन्यास ‘भाग्यचक्र’ युट्युबमा सार्वजनिक भएको छ । गीत सङ्गीत तथा विविध विधामा १ सय ३२ विश्व कीर्तिमान कायम गर्नुभएका उपाध्यायको ‘भाग्यचक्र’ उहाँकै अफिसियल युट्युब च्यानल डिआर म्युजिक एण्ड क्रियशनमार्फत सार्वजनिक गरिएको हो ।

उपन्यासको भोइस(ओभर गणेश सुवेदीले गर्नुभएको छ । सुरेन्द्र पौडेलको रकेर्डिङ, दीपेन्द्र थापाकोे सम्पादन रहेको लिरिकल भिडियोमा राजिव शाह र कमल अधिकारीको सङ्गीत रहेको छ । ‘पढनका लागि निश्चित ठाउँ र परिवेश आवश्यक भएका हुनाले अन्य काम गर्दा गर्दै पनि सुनेर पढन सकियोस् भन्ने उद्देश्यले युट्यबमा उपन्यास आफ्ना उपन्याहरू सार्वजनिक गरिरहेको हुँ’, डा। उपाध्यायले भन्नुभयो । उहाँका हालसम्म १५ उपन्यास पाठकमाझ आइसकेका छन् । डा। उपाध्यायको यसअघि उपन्यास ‘कफिलभ’, र ‘वज्रघात’ युट्युबमा सार्वजनिक भएका थिए । यस्तै अन्य उपन्यासलाई पनि युट्युबमार्फत सार्वजनिक गर्दै जाने उहाँले जानकारी गराउनुभयो ।

कीर्तिमानी डा उपाध्यायका ३० एल्बमका सयौं गीत श्रोतारदर्शकमाझ आएका छन् । यस्तै, उहाँका ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायां’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसुर’ र ‘मझधार’ जस्ता १५ उपन्यास पाठकमाझ आएका छन् । यतिबेला १६औं उपन्यास लेखिरहेको उहाँले बताउनुभयो ।

https://www.youtube.com/watch?v=zt1TQCK1hdg


काठमाडौं

मङ्लबार, जेष्ठ ८, २०८१

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन