fbpx

बाबुराम भट्टराईसँग रविको गुनासोः ममाथि राजनीतिक प्रतिशोध साँधियो

author

समाचारपाटी

२ महिना अगाडि

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका डा. बाबुराम भट्टराईले राजनीतिक प्रतिशोध साँधेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको आरोप लगाउनुभएको छ ।


शुक्रवार पोखरास्थित कारागारमा सभापति लामिछानेलाई भेट्न पुग्नुभएका उहाँले सञ्चारकर्मीहरुसँग यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले आफूहरुले नयाँ शक्तिको अभियान शुरु गरेपछि नयाँ राजनीतिक शक्तिहरुको उदय भइरहेको र नयाँ शक्तिकै सशक्त धारको प्रतिनिधित्व गर्ने व्यक्तिको रुपमा रविलाई चिनेको बताउनु भयो । उहाँले सभापति लामिछानेलाई अस्वभाविक रुपमा दुःख दिने काम भइरहेको र यो अन्यायपूर्ण रहेको बताउनु भयो । सहकारी सम्बन्धी समस्या सरकारमा रहने तीन ठूला राजनीतिक दलहरुकै वरपर रहेको र पालैपालो सहकारीको रकम अपचलन गरिरहेको आरोप लगाउनु भयो । उहाँले सहकारी पीडितलाई न्याय दिनुपर्नै बताउनु भयो । भेटका क्रममा लामिछानेले आफूलाई राजनीतिक प्रतिशोध लिएर समातिएको बताउनुभएको पनि पूर्वप्रधानमन्त्री भट्टराईले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘रविजीलाई मैले हामीले नयाँ शक्तिको अभियान शुरु गरेपछि जुन राजनीतिक शक्तिहरु उदय भइरहेको छ । ति मध्येको एउटा सशक्त धारको प्रतिनिधित्व गर्ने व्यक्तिको रुपमा बुझ्छु । त्यसैले उहाँप्रति सधैँ नै सद्भाव पनि छ । तर जुन प्रकारले अहिले उहाँलाई विभिन्न ढंगले एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ । योप्रति अस्वभाविक लागेर अन्यायपूर्ण भयो भनेर नै मैले आफ्नो ऐक्यवद्धता जनाउन यहाँ आएको हो । उहाँको स्वास्थ्य कस्तो छ भनेर हो । उहाँ स्वस्थ नै हुनुहुँदो रहेछ । तर पनि यो अलि प्रतिशोधपूर्ण नै भयो भनेर बुझ्छु । सहकारी सम्बन्धि समस्या छ त्यसको जरो धेरै फैलिएको छ । सत्तामा अहिलेसम्म जोजो बसिरहेका छन् पालैपालो मुख्य तीन दलका तीन नेताहरुकै वरिपरी बढी अपचलन भइरहेको छ । त्यसको समस्या हल नगर्ने हो भने र पचासौँ लाख साना वचत कर्ताहरु मर्कामा परेका छन् । तिनको समस्या समाधान हुनुपर्छ । अहिले यो कुरालाई अल्झाइराख्ने त होइन भन्ने छ । कानूनले आफ्नो बाटो लिओस् । त्यसको बहानामा राजनीतिक प्रतिशोध लिनु हुँदैन । रविजीले राजनीतिक प्रतिशोध नै लिएको हो, मैले सहयोग नै गरिरहेको छु भन्नेकुरा गर्नुभयो । सहकारी पीडितको समस्यालाई विषयान्तर गरिँदैछ । उनीहरुको समस्या समधान गर्नुपर्छ ।’


पूर्वप्रधानमन्त्री भट्टराईले सहकारी पीडितको समस्यालाई विषयान्तर गर्न खोजिएको आरोप लगायनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, माघ ७, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन