नेपालको लोकतान्त्रिक व्यवस्थाप्रति भारत प्रतिवद्ध छः परराष्ट्रमन्त्री राणा

author

समाचारपाटी

१ महिना अगाडि

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको लोकतान्त्रिक व्यवस्थाविरुद्ध भारत नरहेको बताउनुभएको छ ।


भारतको औपचारिक भ्रमण पूरा गरी शुक्रवार स्वदेश फर्किनुभएकी उहाँले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले भारतले नेपालको वर्तमान लोकतान्त्रिक प्रणाली नै चाहेको बताउनु भयो । नेपालमा व्यवस्था परिवर्तनका लागि राजतन्त्रवादीहरुको गतिविधि भइरहेकोप्रति भारत बेखबर नरहेको उहाँको भनाइ छ । उहाँले भारतका विदेशमन्त्री, ऊर्जामन्त्री लगायतसँगको कुराकानीमा नेपालको सरकार परिवर्तन वा व्यवस्था परिवर्तन भारतले नचाहेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यहाँको पोलिटिकल गतिविधिका बारेमा खासै त्यस्तो कुरा गरेनौँ । तर उहाँहरुको सपोर्ट डेमोक्रेटिक सिस्टमलाई नै छ भन्ने चाहिँ उहाँहरुको हरेक गतिविधिबाट त्यो कुरा बुझ्न जरुरी छ । अहिलेको सरकारसँग एकदमै इन्गेज हुनुहुन्छ, उहाँको ट्रेड मिनिस्ट्री, पावर मिनिस्ट्री, फरिन मिनिस्ट्री सरकारको सिस्टमै चेन्ज हुने भन्ने जस्तो आशय  मैले देखेको छैन ।’


परराष्ट्रमन्त्री राणाले भारत भ्रमणका क्रममा विभिन्न देशका विदेशमन्त्रीहरुसँग भएको दुईपक्षीय भेटवार्तामा नेपालले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् लगायत विभिन्न परिषदमा दिएको उम्मेदवारीमा सहयोग गर्न आग्रह गरेको बताउनु भयो । नेपालको उम्मेदवारीप्रति धेरैले सकारात्मक जवाफ दिएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘भ्रमणका क्रममा भएका दुई पक्षीय भेटवार्ताका क्रममा मानव अधिकार परिषदमा नेपालको क्यान्डिनेसी २०२७ देखि २०२९, संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक परिषद्मा २०२९ देखि २०३१ सम्म तथा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा २०३७ देखि २०३८ सम्मका लागि नेपालले दिएकोउम्मेदवारीबारे पनि समर्थनका लागि आग्रह गरेको छु । र धेरै जनाले पोजेटिभ रेस्पोन्स दिनुभएको छ ।’


पराराष्ट्रमन्त्री राणाले आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटको पहल नगरेको बताउनु भयो  ।

–न्युज एजेन्सी नेपाल 


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन