fbpx

सेयर बजारमा दोहोरो अंकको गिरावट

author

समाचारपाटी

९ महिना अगाडि

काठमाडौं । सेयर साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २०.३१ अंकले घटेर २०१५.१२ विन्दुमा अडिएको छ।

साताको दोस्रोदिन सोमबारदेखि ओरालो लागेको सेयर बजारले बुधबार पनि ओरालो यात्रालाई निरन्तरता दिएको हो। यसदिन २६९ कम्पनीको ४८ लाख ३८ हजार १०६ कित्ता सेयर १ अर्ब ६७ करोड ९९ लाख ८० हजार ६२३ रुपैयाँमा खरिदबिक्री भयो।

मंगलबार २७८ कम्पनीको ५६ लाख ३ हजार १७९ कित्ता सेयर २ अर्ब १५ करोड मूल्यमा खरिदबिक्री भएको थियो। नेप्से परिसूचक दोहोरो अंकले घटेसँगै कारोबार रकम पनि घटेको हो।

आज कुनै पनि कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएन। माउन्टेन हाइड्रो नेपालको सेयर मूल्य ८।०६ प्रतिशतले ओरालो लाग्यो।

कारोबार रकमका आधारमा हिमालयन डिस्टीलरी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ८ करोड ४१ लाख मूल्य बढीको सेयर कारोबार भयो। यस्तै शिवम सिमेन्टको ७ करोड र आईएमई इन्स्योरेन्सको ५ करोड बढी मूल्यको सेयर खरिदबिक्री भयो।

कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। आज १८५ कम्पनीको मूल्य घट्दा ३४ को बढ्यो भने ६ को स्थिर रह्यो।


काठमाडौं

मङ्लबार, जेष्ठ ८, २०८१

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन