fbpx

‘दलहरुमा युवा सहभागिता नबढेसम्म राजनीति सत्ताको खेलमा मात्रै सिमित हुन्छ’ डोलप्रसाद अर्याल

author

समाचारपाटी

१ महिना अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक दलहरुमा युवाहरुको सहभागिता नबढेसम्म राजनीति सत्ताको खेलमा मात्रै सिमित हुने बताउनुभएको छ ।


आईतवार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ट्रान्सफर्मेटिव राजनीतिका लागि मूल्य मान्यता, पारदर्शीता र जिम्मेवारीसहितको नेतृत्व अपरिहार्य रहेको बताउनु भयो । उहाँले वर्तमान सरकार जति बलियो छ त्यत्तिकै बलियो आंशका र बेथिति देखिएको टिप्पणी गर्नुभयो । उहाँले सरकारले संसद छलेर अध्यादेश ल्याएको र व्यक्तिलक्षित निषेध र प्रतिशोधको राजनीति गरेको कारण सरकारप्रति जनताको विश्वास गुमेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘जबसम्म राजनीतिक दलहरुमा युवाहरुको सहभागिता बढाउँदैनौं, नयाँ सोत र नयाँ दृष्टिलाई प्रोत्साहन गरिदैन तबसम्म राजनीति सत्ताको खेलमै सिमित रहन्छ । जनताको वास्तविक स्थितिमा काम गर्न सकिदैन । ट्रान्सफर्मेटिव राजनीतिका लागि मूल्य मान्यता, पारदर्शीता र जिम्मेवारीसहितको नेतृत्व अपरिहार्य छ । तर अहिलेको सरकारबाट भने यो पार लाग्ने सम्भावना देखिँदैन । दुई तिहाईको वर्तमान सरकार बलियो छ । यस सरकारले चाह्यो भने देशमा केही परिवर्तन गर्नसक्छ । तर सरकार जति बलियो छ । आशंका र वेथिति पनि त्यत्तिकै बलियो देखिएका छन् । त्यो संसद छलेर ल्याएको अध्यादेशको विषय होस् वा व्यक्ति हेरेर निषेध वा प्रतिशोधको राजनीति गरेको विषय । धेरै यस्ता विषय छन् जसका कारण सरकारप्रति विश्वास गुमेको र आशंका गर्नुपर्ने परिस्थिति बनेको छ । संसद बोलानुपर्ने समयमा नबोलाएर अध्यादेश ल्याउनुपर्ने त्यस्तो के विपत्ति आइपरेछ सरकारलाई ? कसको स्वार्थपुर्ति गर्न हतार हतार अध्यादेश ल्याएको हो ? यसको जवाफ सरकारले दिनुपर्नेछ ।’ 


उहाँले कसको स्वार्थपूर्ति गर्न हतार हतार अध्यादेश ल्याइएको हो ? भन्ने प्रश्न गर्दै यसको जवाफ सरकारले दिनुपर्ने बताउनु भयो । जनमुखी काम गरे सरकारलाई सधैं साथ र सहयोग गर्न तयार रहेको समेत उहाँको भनाइ छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन