fbpx

पारिवारिक अंशबण्डाको विवादमा दोलखामा एक महिलामाथि खुकुरी प्रहार प्रयास

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौं । दोलखाको बैतेश्वर गाउँपालिकामा सोमबार एकजना महिलामाथि सांघातिक हमला प्रयास भएको छ । पारिवारिक अंशबण्डाको विषयमा स्थानीय उषा तामाङमाथि खुकुरी प्रयास भएको हो । तामाङ बैतेश्वर माध्यमिक विद्यालयकी शिक्षिकासमेत हुनुहुन्छ । सोमबार स्कुल नजिकै उहाँमाथि आक्रमण प्रयास भएको थियो । जसक्रममा स्थानीयले बचाएका थिए ।

तामाङलाई उहाँकै आफन्त पर्ने भीमेश्वर नगरपालिका-५ का सुन्दर अधिकारीले खुकुरी प्रहार प्रयास भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ । खुकुरी प्रहार प्रहरीमा पनि उजुरी परेको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्सपेक्टर दाताराम अधिकारीले जानकारी दिनुभयाे ।

‘पारिवारिक विवादले यो घटना निम्तिएको देखिन्छ । हाम्रोमा उजुरी पनि परेको छ । अब कानुनी प्रक्रियामा जान्छौं’, अधिकारीले भन्नुभयाे, ‘अब आरोपीलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउँछौं ।’ अधिकारीका अनुसार अंशबन्डाका विषयमा पारिवारिक विवाद उत्पन्न भएको हो । उक्त विवाद अहिले अदालतमा पनि विचाराधीन रहेको खुलेको प्रहरीले जनाएको छ।


काठमाडौं

शनिबार, चैत्र १, २०८१

१९.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन