fbpx

हामी देशभक्तले ओतप्रोत भएर नेपाल फर्किएको होइन

author

समाचारपाटी

२ हप्ता अगाडि

पोखरा । घाँस–दाउरा गरेर टुकी बत्तीको रापमा पढ्नुपर्ने अवस्था त्यो जमानामा डाक्टर पढ्छु भन्ने सपना सायद कसैले देख्दैनथे । देखेर पनि पुरा हुने सम्भावना कमै थियो । बाँसको चोयाको भारी बोकेर, घाँस काटेर, पानी बोकेर पढेको मान्छे
डा.जगदीशलाल वैद्यले कहिले साच्नुभएन एकदिन आफू पनि डाक्टर बन्छु भन्ने । एउटा भनाई छ, उडेर चन्द्रमा छुने सपना देख्नु र सपना देख्न छोड्नु हुँदैन । ‘

पढ्दै गएँ, मेरो पालामा एसएससीमा प्रथम श्रेणीमा पास गर्ने थिएनन् । अहिले लाग्छ, डाक्टर बन्न त भाग्यमा पनि हुनुपर्ने रहेछ ।’ पोखरामा जारी १२ औं एनसेल फाउन्डेसन लिट्रेचर फेस्टिभलका क्रममा हाँस्दै भन्नुभयाे, ‘ नेपालमा मेडिकलको पढाई पनि हुने थिएन, बाहिर जानुपथ्र्यो, सबैलाई सम्भव थिएन, छात्रवृत्ति पाउने कम थिए ।’ फेस्टिभल अन्तरगतको ‘नमस्कार डा.साब् ।’ सेसनका क्रममा अलिमिया कक्षमा भएको कार्यक्रममा वक्ताका रुपमा डा.जगदीशलाल वैद्य र डा बुद्धिबहादुर थापा उपस्थित थिए भने सहजकर्ताका रुपमा पत्रकार दीपेन्द्र श्रेष्ठ । पोखरामा पर्यटकीय सहरका रुपमा चर्चित छ । तर स्वास्थ्य क्षेत्रमा भने चुनौती तथा अभाव भएको गुनासो यदाकदा सुन्ने गरिन्छ । डा.बुद्धिबहादुर थापाले पनि अमृत साइन्स कलेजबाट बायोलोजीको पढाई सकेपछि डाक्टरीको पढाई गर्नुभएकाे थियाे । उहाँका अनुसार त्यो समयमा पोखराको पीएन क्याम्पसमा विज्ञान विषयको पढाई सुरु भइसकेको थियो ।

पहिलेका डाक्टरले बिरामीको कुरा सुनेर उपचार गर्थे भने अहिलेकाले त्यति धेरै कुराकानी नगर्ने आफूले बुझेको उहाँको भनाई छ । ‘अहिलेको डाक्टरले बिरामीलाई राम्रोसंग कुराकानी नगरेको हो कि जस्तो लाग्छ ।’ उहाँ भन्नुहुन्छ, ‘ बिरामीको कुरा सुनेर मात्रै उपचार गर्नुपर्यो भन्ने मेरो नयाँ पुस्ताका डाक्टरलाई मेरो सुझाव छ ।’ बिरामीको समस्या सुन्दा मात्रै धेरै रोगको उपचार गर्न सहज हुने उहाँको अनुभव छ । अहिले डाक्टरी पेसा बढी नै बजारीकरण भएको पो हो कि भन्ने उहाँले आजभोलि बुझ्न थाल्नुभएकाे छ ।

नेपालको स्वास्थ्य क्षेत्रमा विभिन्न चुनौती छन् । भनेको बेलामा उपचार पाउन सकिन्न,देशकै विकट जिल्लामा उपचार पाउन नसकेर सुत्केरी महिलाले ज्यान गुमाउनुपर्छ । दुर्घटना भएपनि सहज उपचार पाउन सक्दैनन् । केही स्थानमा त हेलिकप्टर मात्रै
माध्यम हो । हेलिकप्टर पाइहाले पनि आर्थिक अभाव र महंगाईले गर्दा सबैले खर्च गर्न सक्दैनन् । पोखराकै कुरा गर्ने हो भने, यहाँ सुविधा छ, तर सामान नभएकाले धेरैले समस्या भोग्नुपरिरेको छ । विगतका वर्षभन्दा अहिलेको समयमा नेपालको स्वास्थ्य क्षेत्रमा धेरै फरक आएको दुवै डाक्टरको अनुभव छ । ‘पहिले नेपालमा स्वास्थ्य सम्बन्धी पढाई हुँदैनथ्यो, अहिले पोखरामा मेडिकल सम्बन्धी पढ्न पाइन्छ ।’ डा.थापा भन्नुहुन्छ, ‘सबै कुराको एउटा समय हुन्छ, परिवर्तन भइरहेको छ, आत्तिनु हुँदैन ।’ यता डाक्टर माथि किन कुटपिट हुन्छ भन्ने सहजकर्ता श्रेष्ठको प्रश्नको जवाफ दिँदै डा.वैद्य भन्नुहुन्छ, ‘सायद कम्युनिकेशन ग्पाय भएर पो हो कि, किन कि अहिलेका डाक्टर बिरामीसंग ५ मिनेट पनि कुरा गर्दैनन् ।’

देशबाट विभिन्न बाहनामा पलायन हुने र आफ्नो भविष्य सुरक्षित गर्नेको संख्या वृद्धि भएको छ । सरकारी जागिरमा भएपनि देश छाडेर जाने धेरै छन् । त्यो बेलाको समयमा झन् थोरै जनशक्ति हुने भएकाले अवसर धेरै आउँथ्यो विदेशबाट, डा.वैद्यलाई पनि आयो । तर उहाँलाई भनिरहन कुनै संकोच लाग्दैन, आफू देशको मायाले,देशभक्तको भावनाले ओतप्रोत भएर होइन, परिवारको जिम्मेवारीले बाँधेर ल्याएको थियो । ‘म देशभक्तको भावनाबाट यहाँको सेवा गर्छु भनेर आएको होइन, परिवारको लागि आएको हुँ ।’ सेसनमा आफ्नो भनाई व्यक्त गर्दै उहाँले भन्नुभयाे, ‘परिवारको जिम्मेवारी निर्वाह गर्न आएको हुँ । यहाँ बस्दाबस्दै देशको माया लाग्नु स्वभाविक हो । डा वैद्यले आफ्नो पुस्तकमा युके, नाइजेरिया, बुर्नाई लगायतका देशबाट अफर आएको भएपनि आकर्षित गर्न नसकेको बताउनुभयाे । ‘यहाँ बस्दा आफूलाई परिवार पाल्न सक्छु भनेर सहज वातावरण सिर्जना भइसकेको थियो ।’ उहाँ भन्नुहुन्छ, ‘यहाँ केहीको कमी छैन, छुट्टीमा विभिन्न देश जान सकिन्छ, मेहनत भने गनुपर्यो ।’ यसमा डा.
थापाको पनि डा.वैद्यको भनाई भन्दा फरक छैन । खासमा उहाँ पनि परिवारको जिम्मेवारीले बाँधिएर नेपाल छाडेर जानुभएन् । एमडी पास गरिसकेपछि उहाँले डाक्टरको लाइसेन्सको परीक्षा पास गर्न सकेनन्, तेस्रोपटकमा बल्ल पास गर्नुभएकाे थियाे । ‘परिवारको जिम्मेवारी थियो, त्यसलाई नाघेर हिँड्न सकिन, पछि विदेश गएका साथीले नै त्यहीं राम्रो छ, कतै नजानुस् भन्न थाले, त्यसपछि त्यस्तै भयो ।’ उहाँले भन्नुभयाे ।


काठमाडौं

मङ्लबार, चैत्र ४, २०८१

२४.१५°

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

कांग्रेसमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

महेन्द्ररत्न क्याम्पस ताहाचलमा पनि मतदान हुँदै

आरआरमा अनेरास्ववियुले ताला लगायो, स्ववियु निर्वाचन स्थगित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...