काठमाडौं । ह्वाट्सएपमार्फत आफूलाई अन्डरकभर एजेन्ट भन्दै ठगी गर्ने एक डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ। भोजपुर नगरपालिका-११ निवासी र हाल ललितपुर महालक्ष्मी नगरपालिकाको सानो गाउँमा बसोबास गर्ने ३२ वर्षीय डा. आशिष दाहाललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार दाहालले आफू अन्डरवर्ल्ड नेटवर्कको अन्डरकभर एजेन्ट भएको भनी विभिन्न व्यक्तिहरूलाई धम्कीपूर्ण म्यासेज पठाउँदै ५० हजारदेखि दुई लाख रुपैयाँसम्म रकम माग गर्दै आएका थिए। उनले “कन्ट्याक्ट किलर” भाडामा लिएर हत्या गर्न सक्ने धम्की समेत दिने गरेको अनुसन्धानबाट खुलेको छ।
सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक काजीकुमार आचार्यले दाहाललाई शङ्खमुल क्षेत्रबाट पक्राउ गरिएको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको जानकारी दिए।
प्रहरीले यस किसिमका साइबर अपराध र ठगी गतिविधिहरूप्रति नागरिकलाई सतर्क रहन अपिल गरेको छ।
अन्डरकभर एजेन्ट बनेर ठगीअन्डरकभर एजेन्ट बनेर ठगी गर्ने डाक्टर पक्राउ