डिभिजन वन कार्यालय द्वारा विकास र वातावरण सन्तुलनका सन्दर्भमा समन्वयको लागि बैठक

author

समाचारपाटी

१ year अगाडि

पोखरा । डिभिजन वन कार्यालय कास्कीले विकास र वातावरणको सन्तुलनका सन्दर्भमा बुधबार विशेष समन्वय बैठक सम्पन्न गरेको छ । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला वन क्षेत्र समन्वय समिति कास्कीका संयोजक लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो।

पौडेलले  विकास र वातावरण क्षेत्रको उचित समन्वय बिना सन्तुलित विकासको अवधारणा संभावना नहुने र सन्तुलित विकास बिना दिगो विकासका लक्ष्य प्राप्त गर्न कठिनाइ हुने   बताउनुभयो। पौडेलले विकासका नाममा हुने वन र वातावरण क्षेत्रको विनासले गम्भीर समस्यातर्फ मानव सहित सम्पूर्ण जीवजन्तु  उन्मुख हुनुपरेको तर्फ इङ्गित गर्दै संरक्षण मैत्री उपभोग नितिमा केन्द्रीत हुन पालिकाहरूलाइ आग्रह गर्नुभयो।

वातावरणिय प्रभाव मुल्यांकनलाई अनिवार्य कडाइका साथ लागू गरेर बिकासका गतिबिधि अगाडि बढाउनुपर्ने पौडेलको भनाइ थियो। कार्यक्रममा कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले विकास र वातावरणको बिचमा देखिएका असन्तुलित विकासका क्रियाकलाप न्यूनीकरण गर्न बैठक आयोजना गरिएको उल्लेख गर्नुभयो। कास्कीका डिभिजनल वन अधिकृत कोमलराज काफ्लेले वातावरण मैत्री  सन्तुलित विकासका लागि स्थानिय तहको भुमिका विषयमा चर्चा गर्नुभएको थियो ।

मानविय क्रियाकलाप का कारण  हाबापानी सहित इकोसिस्टम ,बायुमण्डलिय उष्णता  बढ्न पुगि जैविक बिबिधतामा प्रतिकुल असर पारेको उल्लेख गर्दै पालिकाहरूको बाताबरण संरक्षणका निम्ति चाल्नुपर्ने कदमको बारेमा प्रकाश पार्नुभएको । सन २०४५ सम्म नेपालले कार्बनमुक्त देश निर्माणको नीति लिएको भन्दै त्यसको लागि स्थानिय पालिका र सरोकारवालाको भुमिका महत्वपूर्ण हुने बताउनुभयो।

कार्यक्रममा जि .स .स. कास्कीका उप प्रमुख सरिता माल ,डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत हरि प्रसाद गौतम ,कास्कीका विभिन्न पालिकाहरूका अध्यक्ष , जिल्ला समन्वय समिति कास्कीका सदस्यहरू  सहित विकास  वन र वातावरण क्षेत्रका सरोकारवालाको उपस्थिति रहेको थियो । कास्कीका डिभिजनल वन अधिकृत कोमलराज काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन डिभिजन वन अधिकृत राजेन्द्र प्रसाद शर्माले गर्नुभएको थियो।


काठमाडौं

बुधबार, असार २५, २०८२

२१.७७°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन