fbpx

गण्डकी प्रदेशमा दिवा शिशु स्याहार केन्द्रको समुद्घाटन

author

समाचारपाटी

२ महिना अगाडि

पोखरा । गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र पोखरा महानगरपालिकाको समन्वयमा दिवा शिशु स्याहार केन्द्रको समुद्घाटन गरिएको छ । पोखरा–८ स्थित श्रीराम आधारभूत विद्यालय, सिमलचौरमा स्थापना गरिएको यस केन्द्रको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गर्नुभएकाे हाे ।


समुद्घाटन समारोहमा मन्तव्य राख्दै मन्त्री थापाले कर्मचारीका शिशुहरूलाई सुरक्षित, स्नेहपूर्ण तथा सहज वातावरणमा हुर्कने अवसर प्रदान गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको बताउनुभयाे । उहाँका अनुसार कार्यालय समयमा बाबुआमा आफ्नो कार्यमा केन्द्रित रहँदा उनीहरूका सन्तानले उचित संरक्षण, स्याहार–सुसार तथा समुचित विकासको अवसर प्राप्त गर्नेछन् ।

“हाम्रो उद्देश्य व्यवस्थित, पारदर्शी र प्रभावकारी केन्द्र सञ्चालन गर्दै कर्मचारीहरूलाई आफ्नो कर्तव्यप्रति अझ प्रेरित गर्नु हो । यस कदमले कार्यस्थलमा उत्पादकत्व वृद्धि गर्दै समाजमा परिवारमैत्री वातावरण सिर्जना गर्न योगदान गर्नेछ”, उहाँले भन्नुभयाे । केन्द्रको प्रभावकारी सञ्चालनका लागि सहकार्य आवश्यक रहेको भन्दै मन्त्री थापाले सबै सरोकारवालालाई सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएकाे छ ।

कार्यक्रममा बोल्दै मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख मुना अधिकारीले प्रदेश सरकारले प्राथमिकता र महत्वका साथ शिशुु स्याहार केन्द्रको स्थापना गरेको उल्लेख गर्नुभयाे । सरकारी कर्मचारीका ६ महिना देखि तीन वर्षसम्मका शिशुहरुलाई उक्त स्याहार केन्द्रमा राख्न सकिने बताउनुभयाे । यसका लागि दक्ष मन्टेश्वरी तालिम प्राप्त कर्मचारीको व्यवस्थापन गरिएको भनाई उहाँको छ ।

बालबालिकाको पोषण र बालबिकासलाई ध्यानमा राखेर सेवा प्रवाह गर्ने उहाँले बताउनुभयाे । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका पदाधिकारीहरू, पोखरा महानगरपालिकाका प्रतिनिधिहरू, विद्यालय प्रशासन, अभिभावक तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो । दिवा शिशु स्याहार केन्द्रको स्थापना भएसँगै सरकारी कर्मचारी तथा अन्य अभिभावकलाई कार्यस्थलमा सहजता मिल्ने विश्वास गरिएको छ । 


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२६.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...