fbpx

रौतहटमा ट्राफिक नियम उलंघन गर्ने १० हजार बढी सवारी साधनमाथि कारवाही

author

समाचारपाटी

५ महिना अगाडि

रौतहट । जिल्लामा नियम विपरित चल्ने सवारी साधनमाथि प्रहरीले निगरानी बढाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारीसाधन र कागजपत्र चेकजाँचलाई तीव्र पारेपछि सवारी साधन धमाधम कारवाहीमा परेका हुन्। यसबाट राजश्व पनि बढेको छ।

रौतहट ट्राफिकले चालु आर्थिक वर्षको ६ महिनामा ट्राफिक नियम विपरित चलेका १० हजार भन्दा बढी सवारीसाधनलाई कारवाही गरेको छ।जिल्लामा रहेका प्रहरीको विभिन्न युनिटले गत साउन महिनामा नियम विपरित चलेका ३ हजार ८२, भदौमा १५ सय ८८ असोजमा ९ सय ३९, कार्तिकमा १५ सय ७, मंसिरमा १६ सय २९ र पुस महिनामा १७ सय २३ सवारीसाधनलाई कारवाही गरेको हो।

गत साउनदेखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा नियम विपरित चलेका १० हजार ४ सय ५९ सवारीसाधनलाई कारबाही गरेको जिल्ला ट्राफिक प्रहरी निरीक्षक सुशील आचार्यले बताउनुभयाे। सो अवधिमा जिल्लामा भएको ३ सय २ वटा सवारी दुर्घटनामा परेर २ बालबालिका ७ महिलासहित २६ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै उक्त दुर्घटनामा परेर ४ सय ७२ जना घाइते भएको तथ्याङकमा उल्लेख छ । सवारी दुर्घटना बढेपछि दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले जिल्लामा विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना समेत गरेको छ । साउनदेखि पुस मसान्तसम्म जिल्लाका विभिन्न स्थानमा आयोजना गरिएको ८ सय ७९ वटा कार्यक्रममा सवारीचालक, यात्रु, सर्वसाधारण गरी कूल ३७ हजार ३ सय ९६ जना मानिस सहभागी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

सवारी ज्यान मुद्दा २४ वटा दर्ता भएकोमा १८ फर्छोट भइसकेका छन् भने ६ वटाको अनुसन्धान जारी छ । सवारी नियम उलंघन गर्ने १० हजार ७ सय १ जना विरुद्ध कारवाही हुँदा ८५ लाख १७ हजार ५ सय राजस्व असुल गरिएको छ ।

रौतहटमा ६ महिनामा सवारी दुर्घटना ३ सय १२ वटा भएका छन्। जसमा २६ जनाको मृत्यु र ४ सय ५६ यात्रु घाइते भएका छन् । दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनहरुमा स्टिकर टाँसदेखि पूर्व पश्चिम राजमार्ग छेउछाउमा ठूला हुडिङ बोर्ड राखिएको छ ।

जिल्लाको १८ वटै स्थानीय तहमा बढदो सवारीसाधनको चापलाई मध्यनजर गर्दै गौर, बमनहर, चन्द्रनिगाहपुर, बागमती, डुमरिया, गरुडा, शिवनगर, शुकदेव चौक, बंकुल मौलापुर, बिजयपुरलगायतको स्थानमा स्थायी ट्राफिक बिट स्थापना भएको ट्राफिक प्रहरी निरीक्षक आचार्यले जानकारी दिनुभयाे।

annapurnapost


काठमाडौं

आइतवार, असार १०, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो