जिल्ला समन्वय समिति कास्कीको लिजा र फ्रा सम्बन्धि अन्तरक्रिया

author

समाचारपाटी

२ years अगाडि

पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन  (LIZA) र बित्तिय सुशासन जोखिम मुल्यांकन (FRA) सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम बिहीवार सम्पन्न भएको छ।

सो अन्तरक्रीया कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो । प्रमुख पौडेलले लिजा र फ्रा ले पालिकाहरूको कार्यसम्पादनको स्तरवृद्धिमा समेत सहयोग पुर्याउने उल्लेख गर्दै बिगतको बर्षको मुल्यांकनस्तरलाई केन्द्रमा राखेर दुर्बल पक्षलाई न्यूनीकरण गर्दै सबलतातर्फ उन्मुख हुन आग्रह गर्नुभयो ।

सरोकारवाला सबै पक्षहरूले इमानदारीपूर्बक काम गरेमा स्वतस् कमजोरीहरू हटाउन सकिने उल्लेख गर्नुभयो। शासकिय क्षमता अभिबृद्धीको मुल लक्ष्य मार्फत समृद्धि प्राप्त हुने हुदा सुसासनका लागि बित्तिय सुशासन महत्त्वपूर्ण पाटो भएको उल्लेख गर्नुभयो ।

जनप्रतिनिधि ,राष्टसेवक ,कर्मचारी र सबै सरोकारवालाहरूले समन्वयात्मक तबरले काम गरे मात्रै हामीले चाहेको बिकास र समृद्धिको सपना सार्थक हुने उहाँको कथन थियो।

कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (लिजा)को मुल्यांकन बिधि र स्थानीय तहहरूले गर्नु पर्ने कार्यहरूको सम्बन्धमा तथा बित्तिय सुशासन जोखिम मुल्यांकन (फ्रा) सम्बन्धमा कोष तथा लेखा नियन्त्रक केशवराज ढकालले सहजीकरण गर्नुभएको थियो।

उक्त कार्यक्रममा कास्कीका पाँच पालिकाका अध्यक्ष र कार्यकारी अधिकृत सहित सरोकारवाला जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर के. सि. , जिल्ला समन्वय समिति सदस्य बालिका सुवेदी ,जिल्ला समन्वय अधिकारी नबराज बराल सहितले मन्तव्य व्यक्त गर्नुभएको थियो।


काठमाडौं

शुक्रबार, जेष्ठ ३१, २०८२

२१.४४°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः पुष्पकमल...

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश...

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव...

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन