जिल्लास्तरीय वक्तृत्वकलामा मदरल्याण्ड माध्यमिक विद्यालय प्रथम

author

समाचारपाटी

२ years अगाडि


पोखरा। कक्षा १२ मा आध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयमा गठित काइन्डनेस क्लबले आयोजना गरेको जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता विद्यालय प्राङ्गणमा एक समारोहबिच शुक्रबार सम्पन्न भएको छ।

विशेष गरी विद्यालय तहका विद्यार्थीहरूमा दया, माया, करुणा, परोपकार र मैत्रीपूर्ण भावनाको विकास गर्ने उद्देश्यले स्थापित उक्त क्लबले समयसमयमा समुदायमा सहयोग पनि गर्दै आएको कुरा क्लबका परिकल्पनाकार एवम् अमेरिकाको शिक्षा क्षेत्रमा लामो अनुभव सँगाल्नुभएकाद्वय दुर्गामाया एन्डर्सन र देव एन्डर्सनले बताउनुभयो। साथै मदरल्याण्डमा पाठ्यक्रम नै बनाएर काइन्डनेस कक्षाहरू पनि सञ्चालन गररेको कुरा व्यक्त गर्नुभयो।

नेपाली र अङ्ग्रेजी दुबै भाषामा आयोजित उक्त प्रतियोगितामा मदरल्याण्ड माविकी छात्रा प्रशंसा बरालले प्रथम स्थान हात पार्न सफल हुनुभएकाे छ भने द्वितीय, तृतीय र सान्त्वना स्थान क्रमशः स्नोभ्यु बोर्डिङ स्कुल हेमजाकी सम्झना भण्डारी, विन्ध्यवासिनी मावि बाटुलेचौरका सुवास तामाङ र भानुभक्त मावि सिम्पानीका निराज क्षेत्री कार्कीले प्राप्त गर्न सफल हुनुभएकाे छ।

विजयी विद्यार्थीहरूलाई विद्यालय निर्देशक त्रिभुवन शर्मा, प्रचार्य नारायण बराल, क्लबका परिकल्पनाकार लगायतले बधाईका साथ नगद, प्रमाणपत्र र ट्रफी पुरस्कार स्वरूप वितरण गर्नुभएको कुरा सञ्चार प्रमुख होमनाथ भट्टराईले जानकारी दिनुभयो।

काइन्डनेस क्लबका अध्यक्ष निश्चल बाँस्तोलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक विनीत छन्त्यालले गर्नुभएको थियो।


काठमाडौं

मङ्लबार, असार १०, २०८२

२१.८१°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुनचाँदी, रत्न आभूषण व्यवसायीहरुको मर्काबारे अध्ययन गर्न उपसमिति बनाऔँः...

सरसफाइलाई राष्ट्रिय प्राथमिकतामा राख्न सबै राजनीतिक दलहरूले प्रतिवद्धता जाहेर...

ऊर्जा मानव जीवनको लागि अक्सिजन सरहः ऊर्जामन्त्री खड्का

अपराधी गिरोहसँग सरकारको साँठगाँठ रहेको रास्वपा सांसद नेपालीको आरोप

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...