महिला शान्ति र सुरक्षा सम्बन्धि जिल्ला निर्देशक समितिको बैठक सम्पन्न

author

समाचारपाटी

१ year अगाडि

पोखरा । महिला शान्ति र सुरक्षा सम्बन्धि संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको प्रस्ताव न १३२५ र १८२० को कार्यान्वयन सम्बन्धमा दोश्रो राष्ट्रिय कार्ययोजना जिल्ला निर्देशक समितिको बैठक आइतबार सम्पन्न भएको छ। सो निर्देशक समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले दोश्रो राष्ट्रिय कार्ययोजना मुताबिक जिल्ला निर्देशक समिति गठन गरिएको बताउनु भयो। उहाँले सोही मुताबिक पालिकामा समेत कार्ययोजनाका काम छिटोभन्दा छिटो अगाडी बढाइने उल्लेख गर्नु भयो ।

प्रमुख पौडेलले समाजमा कुनै पनि किसिमका हिंसा ,भेदभाव ,र अधिकार उल्लंघनका घटना नदेखिने गरि काम गर्न सरोकारवालाहरूलाइ आग्रह गर्दै हिंसा र भेदभाव रहित कास्की निर्माणमा लागि पर्न आग्रह गर्नु भयो । उहाले समाजमा कुनै पनि खालका उड्पिडन रहेसम्म समृद्धि संभब नहुने उल्लेख गर्दै हरेक खालका अधिकार स्थापित गर्न युद्धस्तरमा काम गर्नु पर्ने बिचार राख्नुभयो।

कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले कास्कीका हरेक स्थानीय तहमा समिति निर्माण गरेर कार्य सम्पादन गर्ने भन्दै सहकार्यको लागि सरोकारवाला संघ संस्थाहरूलाइ आग्रह गर्नुभयो। जिल्ला समन्वय समिति कास्कीका उप प्रमुख सरिता माल , पत्रकार महा संघ कास्कीका अध्यक्ष बिमला भण्डारी ,मानव अधिकारका लागि एकल महिला समूह कास्कीका अध्यक्ष जुना के. सि. महिला मानब अधिकार रक्षक सन्जाल कास्कीका अध्यक्ष केशु भुजेल, एड्भोकेसी फोरमका अध्यक्ष कुन्जनी परियार प्यासी, गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष डाक्टर बुद्धि बहादुर थापा, द्वन्द पिडित महिला राष्ट्रिय संजाल सदस्य कल्पना सुवेदी सहितले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

बैठकमा दोश्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनका बिषयमा इन्सेक पोखराका प्रमुख शिव खकुरेल र संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको प्रस्ताव न १३२५ र १८२० को सन्दर्भिकता सम्बन्धमा इन्सेक पोखराका कार्यक्रम अधिकृत सबनम शर्माले सहजीकरण गर्नु भएको थियो ।

सो निर्देशक समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न बैठकको संचालन समितिका सदस्य सचिव एवम जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो ।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२१.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन