fbpx

पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीको आरोपमा मुद्दा दर्ता

author

समाचारपाटी

४ हप्ता अगाडि

पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीको आरोपमा मुद्दा दर्ता भएको छ ।

सरकारी वकिलको कार्यालय, कास्कीले आईतवार लामिछाने लगायत पाँच जना विरुद्ध संगठित रुपमा सहकारी ठगी गरी त्यसबाट आर्जित सम्पती शुद्धीकरण गरेको अभियोग लगाउँदै मुद्दा दर्ता गरेको हो । मुद्दा दर्ता गरे प्रश्चात सञ्चारकर्मीहरुसँग बोल्दै सरकारी वकिलको कार्यालय, कास्कीका सूचना अधिकारी शान्तिदेवी शर्माले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित व्यक्ति र संस्था गरी आज ४४ जनाविरुद्ध मुद्दा दर्ता भएको बताउनु भयो । उहाँले  सहकारीको रकम ठगीमा ३१ जना,संगठित अपराधमा १९ जना र  सम्पती शुद्धीकरणमा चार जना विरुद्ध मुद्धा दर्ता भएको बताउनु भयो । उहाँले सम्पती शुद्धीकरणमा रवि लामिछाने, जीबी राई,रामबहादुर खनाल,छविलाल जोशी र लिला प्रसाईंविरुद्ध मुद्दा दर्ता भएको बताउनु भयो । उहाँले सम्पती शुद्धीकरणमा रवि लामिछानेलाई २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ र जिबी राईलाई ७४ करोड,३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा विगो दाबी गरिएको बताउनु भयो । उहाँले मुद्दा अनुसार सबैलाई सजायको माग फरक–फरक रहेको बताउनु भयो । 


सूचना अधिकारी शर्माका अनुसार आरोपितहरुमाथि करिव १ अर्ब ५१ करोड रुपैयाँ विगो मागदावी भएको बताउनु भयो । पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको र त्यसको केही हिस्सा गोर्खा मिडिया प्रा.लि.मा लगानी गरेको आरोपमा लामिछाने लगायतमाथि मुद्दा दायर भएको हो । गत शुक्रवार मात्रै यही घटनामा गोर्खा मिडियाका अध्यक्ष जीबी राईसहित १९ जना विरुद्ध पुरक अभियोगपत्र दर्ता भएको थियो । १८ असोज, २०८० मा राई लगायतको समूह विरुद्ध मुद्दा दायर भएको थियो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, माघ ७, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन