जिल्ला अदालत धनुषामा प्रदर्शनकारीद्वारा ढुंगामुढा ,४ जना घाइते

author

समाचारपाटी

२ years अगाडि

जनकपुरधाम । जिल्ला अदालत धनुषामा मंगलबार दिउँसो ढुंगामुढा भएको छ । धनुषामा शंकास्पद मृत्यु भएकी आरती साहलाई न्यायको माग गर्दै प्रदर्शन गरिरहेका प्रदर्शनकारीले अदालतमा पनि ढुंगामुढा गरेका हुन् । प्रहरीले हत्यामा संलग्नलाई जोगाउन खोजेको भन्दै साहको माइती पक्षले अदालतबाहिर प्रदर्शन गरेका थिए । त्यसै क्रममा अदालतमा ढुंगामुढा भएको हो ।

प्रहरीले प्रदर्शनकारीलाई हटाउने क्रममा झडपसमेत भएको छ । झडपमा प्रहरीले लाठीचार्ज गर्दा ४ जना घाइते भएका छन् । प्रहरीले प्रदर्शनमा सहभागी गोविन्द साहलाई पक्राउ गरेको छ । प्रदर्शनकारीको ढुंगामुढाका कारण एक जना प्रहरी घाइते भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले बताउनुभयाे ।

७ जेठको साँझ जनकपुरधाम उपमहानगरपालिका-९ थापाचोककी २२ वर्षकी आरती साहको मृत्यु भएको थियो । माइती पक्षले घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् । धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्का र डीएसपी वेदप्रसाद गौतमले प्रदर्शनमा सहभागीहरुमाथि कुटपिट गरेको माइती पक्षले आरोप लगाएका छन् ।

उनीहरूले एसपी र डीएसपीलाई निलम्बन गरी कारबाही गर्नुपर्ने, जिल्ला न्यायाधिवक्ता, पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने, आरतीको मृत्युको घटनाको प्रहरीको केन्द्रीय अनुसन्धान व्यृरो (सीआईबी) ले अनुसन्धान गर्नुपर्नेसहितका ६ बुँदे माग राखेका छन् । आरतीको माइतीपक्षले जनधपुरधामममा जस्तै काठमाडौको माइती घरमा पनि प्रदर्शन गरेका छन् ।

onlinekhabar


काठमाडौं

शनिबार, जेष्ठ ४, २०८२

१९.६°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन