”मानसिक रोगको राज्यले नि:शुल्क उपचारको प्रबन्ध गर्नुपर्छ”:- जि. स. स. कास्की प्रमुख लिलाधर पौडेल

author

समाचारपाटी

२ years अगाडि

पोखरा । जिल्ला समन्वय समिती कास्कीका प्रमुख लिलाधर पौडेलले मानसिक रोगबाट पिडितहरूको राज्यले नि:शुल्क उपचारको प्रबन्ध गर्नुपर्ने भन्दै त्यसका लागि आफ्नो निकायको तर्फबाट समन्वय गर्ने बताउनुभएकाे छ । पौडेलले प्रकृतिमैत्री बिकासको अभावमा बढ्दो बातावरणीय प्रदुषण ,आहार बिहार लगायतका कारण देशमा उल्लेख रूपमा मानसिक रोगिहरूको संख्या बढेकोमा चिन्ता व्यक्त गर्दै सो रोगको समयमा निदान नहुदा पारिवारिक र सामाजिक जिवन नै प्रभावित भएको बताउनुभयाे । पौडेलले स्वस्थ नागरिक बिना देश बिकास संम्भव नहुने हुँदा स्वास्थ सेवालाइ आधारभुत आवश्यकताको रूपमा ब्यस्था गर्दै आफ्ना नीति कार्यक्रम बनाउन सरकारलाई आग्रह गर्नुभयाे ।

प्रमुख पौडेलले सो कुरा बहुसाँस्कृतिक मनोसामाजिक संस्था TPO नेपालको जिल्ला परियोजना सल्लाहकार समितिको बैठकलाई सोमबार सम्बोधन गर्दै बताउनुभएकाे हाे । कास्कीका सरोकारवाला सरकारी तथा गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरू सहभागी बैठकमा पौडेलले मानसिक समस्या एक जटिल समस्याको रूपमा आएको उल्लेख गर्दै कास्कीमा सो समस्याको उपचारका निम्ति सुबिधा सम्पन्न उपचार केन्द्रको स्थापना गर्ने कार्यक्रम समाबेश गर्न स्थानिय तह ,प्रदेश र संघीय सरकारलाई आग्रह गर्नुभयाे।

सो अवसरमा कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले स्वास्थ क्षेत्रमा काम गर्ने सरकारी र गैर सरकारी संस्थाहरूले महामारीको बेला मात्रै उपचारका उपाय खोज्ने प्रथाको अन्त्य हुने गरि काम गर्न आग्रह गर्नुभयाे। बरालले अनुदानमुखी कार्यक्रममा मात्रै भर नपरी स्वावलम्बी कार्यक्रममा जोड दिनुभयाे।


काठमाडौं

शुक्रबार, बैशाख ५, २०८२

२५.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्ने धृष्टता...

प्रधानमन्त्री ओलीद्वारा थाई व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

अरुणा लामा र तारादेवीलाई ट्रिब्यूट दिदै पोखरामा गुञ्जियो कालजयी...