जिल्ला समन्वय समिती कास्कीका प्रमुख :श्रमिकको सुरक्षा पहिलो शर्त

author

समाचारपाटी

२ years अगाडि

पोखरा । जिल्ला समन्वय समिती कास्कीका प्रमुख लिलाधर पौडेलले उद्योगी व्यावसायिक र सरकारी निकायहरूले श्रमिकको सुरक्षाको बिषयलाई आफ्नो पहिलो शर्त र प्राथमिकतामा राख्नु पर्ने बताउनुभएकाे छ। देश बिकास र समृद्धिमा महत्त्वपूर्ण भुमिका खेल्ने श्रमिकहरू उत्पादन र निर्माणका मेरुदण्डको रूपमा रहेको हुँदा उनीहरुको हक र सामाजिक सुरक्षामा बनेका नीति नियमलाइ कडाइका साथ ब्यबहारमा उतार्नुपर्नेमा जोड दिनुभयाे।

यसअघि जारी भएका सामाजिक सुरक्षा ऎन लगाएत सम्पूर्ण नियमको नियगमन र प्रभाबकारी कार्यान्वयनमा रोजगारदाताहरूलाइ ध्यानाकर्षण गराउँदै राज्यका तीन तहका सरकारले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयाे। पौडेललेले सो कुरा ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र सैबु भैसेपाटी ललितपुरको आयोजना र श्रम तथा रोजगार कार्यालय पोखराको समन्वय मा पोखराका उद्द्योग प्रतिष्ठानहरूमा कार्यरत श्रमिकहरूका लागि ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य संबन्धित चार दिने सचेतनामुलक तालिमको उद्घाटन गर्दै बताउनुभएकाे हाे ।

उहाँले उक्त तालिम श्रमिकको सुरक्षा र स्वास्थ्यका बारेमा सुसूचित गराउन महत्त्वपूर्ण हुने बिश्वास ब्यक्त गर्नुभयाे। कार्यक्रममा श्रम तथा रोजगार कार्यालय पोखरामा कार्यालय प्रमुख वरिष्ठ श्रम अधिकृत सुरेश ढकाल , पोखरा औधोगिक क्षेत्र ब्यवस्थापन कार्यालका प्रमुख किशोर पाण्डे , सो औधोगिक क्षेत्र उद्योग संघका प्रथम उपाध्यक्ष रुद्र लाल श्रेष्ठ ,कार्यक्रम संयोजक यमन राना ,लगाएतले मन्तव्य व्यक्त गरेका थिए।

चार दिन सम्म चल्ने सो तालिममा पोखराका विभिन्न उद्योग प्रतिष्ठानहरूमा कार्यरत व्यावसायिक ब्यक्तित्व एबम श्रमिकहरूलाई पेशागत सुरक्षा र स्वास्थ ,कार्यस्थलमा हुने जोखिम र त्यसको न्यूनीकरणमा आबश्यक उपाय ,कार्यस्थलमा हुन सक्ने लागू औषध र लैङ्गिक हिंसा ,सुरक्षा उपकरण ,आकस्मिक तयारी ,श्रम ऎन तथा नियमावली संम्बन्धी कानुनी ब्यबस्था लगाएका बिषयमा प्रशिक्षण प्रदान गरिने बताइएको छ। ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र सैबु भैसेपाटी ललितपुरका रसायनविज्ञ सतिश कुमार उपाध्यायको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।


काठमाडौं

सोमवार, बैशाख ८, २०८२

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

काँग्रेसले अब समस्या देखाएर मात्र हुदैन, समाधान पनि दिन...

आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः...

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन