fbpx

मानव अधिकार सम्बन्धी ऎन कानुनहरूको कडाइका साथ लागू गरौं :-प्रमुख लिलाधार पौडेल

author

समाचारपाटी

१ महिना अगाडि

पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधार पौडेलले गण्डकी प्रदेशमा मानव अधिकार कार्यान्वयनको अवस्था थप मजबुत बनाउनु पर्ने आवश्यकता देखिएको उल्लेख्य गर्दै भएका मानव अधिकार सम्बन्धी ऎन कानुन र अन्तर्राष्ट्रिय सन्धी अभिसन्धीहरूको कडाइका साथ लागू गर्नुपर्ने बताउनु भएको छ ।

पौडेलले मानव अधिकारका सबालमा नागरिक समाजको भुमिका सक्रीय भएको र ऎन कानुनको कार्यान्वयनमा उच्चस्तरको सार्बजनिक जागरूकता आवश्यकता देखिएकोतर्फ ध्यानाकर्षण गराउनुभयो ।

पौडेलले सो कुरा अनौपचारिक क्षेत्र सेवा केन्द्र गण्डकी प्रदेशको आयोजनामा प्रदेशमा मानव अधिकार मैत्री कानुन कार्यान्वयनको अवस्था र सरोकारवालाहरूको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो।

कार्यक्रमको पौडेलले आधारभुत अधिकार सहित बाच्न पाउने मात्रै नभएर मर्यादापूर्बक बाच्न पाउने अधिकारको पूर्ण प्रत्याभूति हुने बातावरण सृजना गर्नतर्फ केन्द्रित हुन सरोकारवाला सरकारी र गैर सरकारी संस्थाहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता गिरधारी सुबेदिले प्रदेशमा संक्रमण कालिन न्याय अझै संबेदनशिल भएको बताउँदै मानव अधिकारको बिषयमा गण्डकी प्रदेशका पालिकाहरू थप गम्भीर हुनुपर्ने देखिएको उल्लेख गर्नुभयो।

उहाँले प्रदेश र पालिकाहरूका ऎन कानुनमा मानवअधिकार मैत्री पाना थप्नु पर्ने उल्लेख गर्नुभयो। सुबेदीले संविधान संग बाझिएका कतिपय कानुन संसोधन गर्नुपर्ने भन्दै कानुन तर्जुमा र कार्यान्वयन सम्बन्धि दक्ष जनशक्तिको ब्यवस्थापनमा प्रदेश केन्द्रीत हुनुपर्ने बताउनुभयो। गण्डकी प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय कानुन महाशाखा सचिव धर्मनाथ कुइकेलले गण्डकी प्रदेशले मौलिक हकको कार्यान्वयनका सबालमा केही महत्त्वपूर्ण ऎन निर्माण भएको जानकारी दिदै मानव अधिकारको पूर्ण प्रत्याभूति सहितको प्रदेशका गण्डकी प्रदेश सरकार क्रियाशिल रहेको बताउनुभयो।

कार्यक्रममा कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल ,गैरसरकारी संस्था महासंघका उपाध्यक्ष इन्दिरा पौडेल , राष्ट्रिय मानव अधिकार आयोग पोखरा कार्यालयका अधिकृत सरोज गैर्हे ,मानव अधिकार एलायन्स कास्कीका अध्यक्ष पदम पहारी, प्रदेश बाल समन्वय अधिकारी बद्री वाग्ले, सिबिआरएसका कृष्ण न्यौपाने ,गोरेटो नेपालका अध्यक्ष बिमला गुरुङ ,कास्की जिल्ला बाल संजालका अध्यक्ष तेज प्रसाद ढकाल सहितले प्रदेशमा मानव अधिकार मैत्री कानुन कार्यान्वयनको अवस्था र सरोकारवालाहरूको भुमिका बिषयमा चर्चा गर्नु भएको थियो। इन्सेक पोखरा कार्यालयका प्रमुख शिव खकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन इन्सेकका कार्यक्रम अधिकृत सबनम शर्माले गर्नुभएको थियो।


काठमाडौं

आइतवार, साउन ६, २०८१

२२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनमै गठन गरे २२...

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चर्चामा संगीतकार कस्तुप पन्तको ‘बिजुली चमक्क’

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...