fbpx

जिल्ला समन्वय समिति कास्की मा कार्यालयहरूको अर्धबार्षिक समिक्षा सम्पन्न

author

समाचारपाटी

१२ महिना अगाडि

पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीस्थित विभिन्न कार्यालयहरूको अर्धबार्षिक समिक्षा सम्पन्न  भएको छ ।  कार्यक्रमको  बुधबार जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले शुभारम्भ गर्नुभएको थियो ।

पौडेलले बिगत ६ महिनाको प्रगती समिक्षामा सन्तोषजनक उपलब्धि हासिल हुन नसक्दा बिकास प्रभावित बनेको भन्दै बाकी अबधिमा निर्धारित लक्ष्य प्राप्त हुने गरि कार्य सम्पादनमा जुट्न आग्रह गर्नुभयो । उहाँले कतिपय  बहुबर्षिय र राष्ट्रिय गौरवका आयोजनामा निर्माण कम्पनीको लापरबाही ,आयोजनामा हुने बजेट रकमान्तरण र  बजेट कटौतिका कारण रकम अभाव मुख्य समस्या समिक्षा मार्फत पहिचान भएको उल्लेख गर्नुभयो ।आयोजनामा बिनियोजित बजेट पनि अपेक्षाकृत खर्च भएको देखिएन , कार्यालयहरूको बित्तिय र भौतिक प्रगति सन्तोष जनक देखिएन पौडेलको भनाइ थियो।

पालिकामा  बेरुजु मुख्य समस्या देखिनु चिन्ताजनक भएको भन्दै प्रचारमुखी काम भन्दा जनहितकारी काममा स्थानिय तह केन्द्रित हुन आग्रह गर्नुभयो । कार्यक्रममा  जिल्ला समन्वय समिति कास्कीका सदस्यहरू राजु अधिकारी ,गणेश बहादुर जि सि  ,सितादेबी बिश्वकर्मा सुकमाया नेपाली ,  हर्क बहादुर गुरुङ सहितले मन्तव्य व्यक्त गर्नुभएको थियो।

बिहीवार पोखरा महानगरपालिका , अन्नपूर्ण   गाउँपालिका,मादी गाउँपालिका ,माछापुच्छ्रे  गाउँपालिका , सहित संघीय सडक सुपरिबेक्षण तथा अनुगमन कार्यालय , सडक डिभिजन कार्यालय पोखरा   ,रुपाताल संरक्षण एकीकृत बिकास परियोजना, बन कार्यालय ,स्वास्थ कार्यालय ले समिक्षा प्रस्तुत गरेका थिए भने रूपा  गाउँपालिका ,नेपाल विद्युत प्राधिकरण ,नेपाल खानेपानी संस्थान  अर्धबार्षिक समिक्षा कार्यक्रममा अनुपस्थित भएको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिनुभयो ।
त्यसैगरी बुधबार संघीय आयोजना कार्यान्वयन इकाइ , नेपाल टेलिकम ,पूर्बाधार बिकास कार्यालय ,जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय ,खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ,स्थानीय पूर्बाधार बिकास आयोजना कार्यालय ,मध्य पाहाडी लोकमार्ग आयोजना ,मुग्लिङ पोखरा सडक आयोजना पश्चिम खण्डले  समिक्षा प्रस्तुत गरेका थिए। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा कार्यक्रममा सम्पन्न भएको थियो।


काठमाडौं

बिहिबार, माघ २४, २०८१

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन