अधुरा र रुग्ण आयोजनाको समस्या समाधान गर्न ध्यान केन्द्रित गरौं :- प्रमुख लिलाधर पौडेल

author

समाचारपाटी

१ year अगाडि

पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीस्थित विभिन्न कार्यालयहरूको अर्धबार्षिक समिक्षा शुरु भएको छ । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले शुभारम्भ गर्नुभएको हो । पौडेलले कास्कीका बिकास आयोजनाका सन्दर्भमा देखिएका समस्याको न्यूनीकरणमा ध्यान दिदै समस्या रहित आयोजना तथा कार्यालयहरू निर्माणका लागि नियमित कार्यतालिका अनुसार कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै कमिकमजोरी नहुने गरि कार्य सम्पादन गर्न आग्रह गर्नुभयो ।

सबै कार्यालयहरूले मसिनो कार्यतालिका निर्माण गरेर तोकिएको लक्ष्य पूरा गर्न ध्यान केन्द्रित हुनुपर्ने उल्लेख गर्दै पौडेलले भ्रष्टाचार र बेरुजु रहित शुसाशनयुक्त जिल्ला निर्माणमा लाग्न आग्रह गर्नुभयो । प्रमुख पौडेलले परम्परागत बिकासका प्रक्रियामा मात्रै ध्यान दिदा कतिपय आयोजनाका काम अनुगमनका क्रममा अलपत्र र रुग्ण देखिएको उल्लेख गर्दै समयानुकूल बिकास र प्रक्रिया अबलम्बन हुनुपर्ने बताउनुभयो। उहाँले तत्काल अधुरा र समस्याग्रस्त रुग्ण आयोजनाका समस्या समाधानमा प्रयास केन्द्रीकृत गर्न आग्रह गर्दै समुन्नत कास्की निर्माणका लागि सबै क्षेत्रको एकीकृत प्रयास जरुरी भएको उल्लेख गर्नुभयो।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका उप प्रमुख सरिता माल,पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवन प्रजापति , गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष बुद्धि बहादुर थापा , चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष यामनाथ पौडेल,लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा सहितले मन्तव्य व्यक्त गर्नुभएको थियो।

दुइदिन सम्म चल्ने सो समिक्षा कार्यक्रममा बुधबार बिकास निर्माण र प्रशासनसंग सम्बन्धित कार्यालयहरूद्वारा आर्थिक बर्ष २०८०र८१ को छ महिनामा विकास निर्माण तथा सेवा प्रबाहमा सम्पादित कार्यहरूको विवरण सहित कार्यसम्पादनमा देखिएका समस्या र निराकरणका उपायहरू प्रस्तुत गरेको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिनुभयो ।
बुधबार संघीय आयोजना कार्यान्वयन इकाइ , नेपाल टेलिकम ,पूर्बाधार बिकास कार्यालय ,जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय ,खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ,स्थानीय पूर्बाधार बिकास आयोजना कार्यालय ,मध्य पाहाडी लोकमार्ग आयोजना ,मुग्लिङ पोखरा सडक आयोजना पश्चिम खण्डले समिक्षा प्रस्तुत गरेका थिए।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा बिहीवार कास्कीका पालिकाहरू सहित बाकी अन्य कार्यालयहरूको समिक्षा गर्ने कार्यक्रम रहेको जनाइएको छ।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन