fbpx

जिल्ला समन्वय समिति कास्की प्रमुख लिलाधर पौडेल:-सुचनाको हकको कार्यान्वयन अनिवार्य शर्त

author

समाचारपाटी

१0 महिना अगाडि

पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले सुचनाको हकको कार्यान्वयन अनिवार्य शर्त भएको बताउनु भएको छ। प्रमुख पौडेलले सो कुरा राष्ट्रिय सूचना आयोगले पोखरामा आयोजना गरेको सूचनाको हक सम्बन्धि अन्तर्क्रीया कार्यक्रमलाई सम्बोधन गर्दै बताउनुभएको हो ।

उहाँले सूचनाको हक सम्बन्धि ऎन ,नियमावली र कार्यबिधी एबम निर्देशिकाहरूबाट निर्देशित सम्पूर्ण हक र अधिकारहरूको आम नागरिकहरूले निर्बाध रूपमा प्रयोग गर्न पाउने र त्यसको बिना हिच्किचाहट कार्यान्वयन गर्न कास्कीका स्थानिय तह सहित सरकारी तथा निजि कार्यालयहरूलाइ आग्रह गर्नुभयो। सूचनाले जनतालाइ सुसुचित मात्रै नगरी सेवा प्रबाहलाई सहज , प्रभाबकारी र गुणस्तरीय समेत बनाएर भ्रष्टाचार न्यूनीकरणमा समेत भुमिका खेल्ने हुँदा सुशासनयुक्त कास्की निर्माणका लागि सूचनाको हक कार्यान्वयनको विकल्प नभएको उहाँको भनाइ थियो।

पौडेलले प्रत्येक कार्यालयले सूचना अधिकारी तोक्न र सूचना पार्टीलाई तत्काल ब्यबस्थित बनाउन आग्रह गर्दै सूचनाको हक र यसको प्रयोग सम्बन्धमा नागरिक स्तरमा सचेतनामुलक कार्यक्रम संचालन गर्नु पर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त रत्न प्रसाद मैनालीले सूचनाको हकको ब्यबहारिक प्रयोग तथा सुचना आयोगको भुमिका र राष्ट्रिय सूचना आयोगका सचिब होम प्रसाद लुइँटेलले संविधानमा सूचनाको हक सम्बन्धि ब्यबस्था ,सूचनाको हक सम्बन्धि ऎन र नियमावली सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले सूचनाको प्राप्ती सम्बन्धि प्रक्रिया उल्लेख गर्दै सूचनाको गोपनियता सम्बन्धि बिषयमा प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरे, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी , सूचना सन्जालका केन्द्रिय सदस्यद्वय यदुनाथ बन्जारा, शिबराज बस्ताकोटी , सूचना अभियन्ता दिपक आचार्य सहितले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सो कार्यक्रममा कास्किस्थित विभिन्न कार्यालयका प्रमुख ,सूचना अधिकारी, सूचनाको हक सम्बन्धि अभियन्ता सहित सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो ।


काठमाडौं

बिहिबार, मंसिर २०, २०८१

९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन