fbpx

जिल्ला समन्वय समिति महासंघका जन प्रतिनिधिलाई अभिमुखिकरण तालिम

author

समाचारपाटी

१ year अगाडि

पोखरा । जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिको समन्वय र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा गण्डकी प्रदेशका जिल्ला समन्वय समिति पदाधिकारी र सदस्यहरूको लागि आयोजित एक दिने अभिमुखिकरण तालिम सोमबार पोखरामा सम्पन्न भएको छ।

सो अभिमुखिकरण कार्यक्रमको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले समुद्घाटन गर्नुभएको थियो । उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले तीन तहका सरकार बिच समन्वय गर्ने उद्देश्यले स्थापित जिल्ला समन्वय समितिलाइ संविधानले दिएका दायरा भित्र रहि प्रभावकारी काम गर्न अभिमुखिकरण फलदायी हुने उल्लेख्य गर्नुभयो।

अधिकारीले प्रदेश सरकारले समन्वय समितिका काम प्रभाबकारी बनाउन प्रदेश सरकारले गर्नुपर्ने कानुन निर्माण लगायतका बिषयमा सरकार सक्रियताले लाग्ने बताउनु भयो। जिल्ला समन्वय समिती महासंघ गण्डकी प्रदेशका अध्यक्ष लिलाधर पौडेलले अनुगमन र समन्वयका काम प्रभावकारी रूपले सम्पन्न गर्न अभिमुखिकरण आयोजना गरिएको भन्दै दक्षता बढाउन सहयोगी हुने बिश्वाश व्यक्त गर्नुभयो।

गण्डकी प्रदेश सरकारका प्रमुख सचिब रबिलाल पन्थले समन्वय संरचना जिबन्त र कार्य बाताबरण सहज बनाउन विभिन्न समयमा अभिमुखिकरण आवश्यक हुने बताउनुभयो। ''जिल्ला समन्वय समितिको अधिकार ,भूमिका र जिम्मेवारी '' बिषयक एक दिने अभिमुखिकरण कार्यक्रममा नेपाल सरकारका पूर्ब मुख्य सचिब सोमलाल सुबेदी र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले सहजीकरण गर्नु भएको थियो। कार्यक्रमको पहिलो चरणमा गण्डकी प्रदेशका एघार जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख ,उप प्रमुख र दुई जना सदस्य गरि करिब ५० जनाको सहभागिता रहेको जनाइएको छ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको संचालन प्रतिष्ठानका शाखा अधिकृत बाबुराम न्यौपानेले गर्नुभएको जिल्ला समन्वय समिति महासंघ गण्डकीले जनाएको छ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

१८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन